Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label No fragmentation of Jhapa Morang Sunsari. Show all posts
Showing posts with label No fragmentation of Jhapa Morang Sunsari. Show all posts

झापा, मोरङ र सुनसरी नटुक्राउन चेतावनी

ताप्लेजुङ–लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पाटीले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन शीर्ष नेतृत्वलाई चेतावनी दिएको छ। सो पाटीले भारतीय नाकाबन्दीको भत्र्सना गर्दै यसको बिरोध पनि गरेको छ।

केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुुङ जिल्ला ईञ्चार्ज लोहाङ लिम्बू र जिल्ला अध्यक्ष पेली मावोहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय नकाबन्दीले नेपाली जनता र राष्ट्रियता माथि धावा बोलिएको भन्दै यसको कडा बिरोध गरिएको छ। मंगलवार जारी विज्ञप्तिमा लामो समय सम्म नाकाबन्दी जारी राखे पार्टीले औपचारिक रुपमै भारतीय नाकाबन्दीको प्रतिवाद गर्ने उल्लेख छ । सो पार्टीले जारी मधेस आन्दोलनको चाँडो निकास निकाल्न आग्रह गर्दै संविधान संशोधनमार्फत पुर्नलेखन गर्न आर्गह पनि गरेको छ ।
यसोगर्दा प्रस्तावित एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन चेतावनी पनि दिइएको छ। उसले मंसिर १९ गतेका लागि निर्धारण गरेको अरुण पुर्वका ९ जिल्लाका लागि आवहन गरेको बन्द किराँत धर्मावलम्बीहरुका गुरु माङगेना जयन्ती परेकोले स्थगित गरेको पनि जनाएको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/