Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

झापा, मोरङ र सुनसरी नटुक्राउन चेतावनी

ताप्लेजुङ–लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पाटीले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन शीर्ष नेतृत्वलाई चेतावनी दिएको छ। सो पाटीले भारतीय नाकाबन्दीको भत्र्सना गर्दै यसको बिरोध पनि गरेको छ।

केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुुङ जिल्ला ईञ्चार्ज लोहाङ लिम्बू र जिल्ला अध्यक्ष पेली मावोहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय नकाबन्दीले नेपाली जनता र राष्ट्रियता माथि धावा बोलिएको भन्दै यसको कडा बिरोध गरिएको छ। मंगलवार जारी विज्ञप्तिमा लामो समय सम्म नाकाबन्दी जारी राखे पार्टीले औपचारिक रुपमै भारतीय नाकाबन्दीको प्रतिवाद गर्ने उल्लेख छ । सो पार्टीले जारी मधेस आन्दोलनको चाँडो निकास निकाल्न आग्रह गर्दै संविधान संशोधनमार्फत पुर्नलेखन गर्न आर्गह पनि गरेको छ ।
यसोगर्दा प्रस्तावित एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन चेतावनी पनि दिइएको छ। उसले मंसिर १९ गतेका लागि निर्धारण गरेको अरुण पुर्वका ९ जिल्लाका लागि आवहन गरेको बन्द किराँत धर्मावलम्बीहरुका गुरु माङगेना जयन्ती परेकोले स्थगित गरेको पनि जनाएको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/