Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali working in Dubai. Show all posts
Showing posts with label Nepali working in Dubai. Show all posts

कुटुम्बको धुनमै झुमे दुबईमा नेपाली


उमाकान्त पाण्डे/उज्यालो । युएई, मंसिर २६ – उच्च तापक्रमबाट केही चिसिँदै गरेको दुबई मौलिक नेपाली बाजाको समूह कुटुम्बको प्रस्तुतिमा भने फेरि तातियो । नेपाली कर्णप्रिय धुनहरु गुन्जिदा नेपालमै आयोजित कुनै विशेष कार्यक्रममा पुगेको महसुश हुन्थ्यो । सांगितिक समुह कुटुम्बले शुक्रबार युएईको दुबईमा नेपाली बाँसुरी र सारंगीको धून समेत कार्यक्रममा प्रस्तुत गरेको थियो । चर्चित संगितकार हरि महर्जन समेतको प्रस्तुति समेटिएको कार्यक्रममा युएईमा व्यवसाय गर्दैै आईरहेका ब्यवसायी, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, युएईमा कार्यरत नेपालीहरुको सहभागिता थियो । 

नेपालका ईन्द्रजात्रा लगायतका पर्वसँग जोडिएका विभिन्न मौलिक धुनबाट कार्यक्रम सुरु भयो । कुटुम्बले चर्चित नेपाली लोक गितका धुन प्रस्तुत गरेर कार्यक्रममा उपस्थित सबैलाई नचायो । धुनमै धेरै नेपाली रमाए । नमस्ते ट्राभल्स एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा लगायतका नेपाली समुदायका अगुवा पनि सहभागी थिए । युएईमा ब्यवसाय गर्दै आएका नेपाली ब्यवसायी शालिक सुवेदीले स्थानीय ब्यवस्थापन गरेको कार्यक्रममा जोएलुकास एक्सचेन्ज, एयर अरविया समुहले सहप्रायोजन गरेका थिए । 
लेकाली हे चोयाको डोको, सोह्रै बर्षे उमेरैमा म पनि झिल्के हुँदो हुँ, मोहनी लाग्ला हैलगायतका गितका धुन प्रस्तुत गर्दा कार्यक्रममा सहभागी भएका नेपालीहरु सबै उठेर नाँच्न पुगेका थिए । रातो र चन्द्र सुर्य जंगि निशान हाम्रो हुँदै रेशम फिरीरीसँगै कार्यक्रम सकिएको थियो । 
लामो समय मुलुकबाट बाहिर रहेका नेपालीलाई नेपाली मौलीक बाजा सुनाउने र नेपाली मौलिक बाजा प्रवासमा पनि चिनाउने अवसरका रुपमा कार्यक्रम आयोजना गरिएको कार्यक्रमका मुख्य प्रायोजक नमस्ते ट्राभल्स एण्ड टुरिज्मका सञ्चालक एकेन्द्र थापाले बताउनुभयो ।
News from Ujyaalo Online
Ą
https://www.flickr.com/photos/spklg/15211044551/