Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal Government and Madheshi Morcha meeting. Show all posts
Showing posts with label Nepal Government and Madheshi Morcha meeting. Show all posts

महन्थ ठाकुरले बालुवाटारमा यसरी पोखे मनको बह

'प्रदेश माग्दा बिहार देखाउने, अधिकार माग्दा मोदीपुत्र भन्ने ?'
मात्रिका पौडेल
१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आजै टुंगो लगाउँ भनेर शुरु गरे पनि सोमवार बालुवाटारमा भएको त्रिपक्षीय वार्ता मनको बह पोखेर टुंगियो । मनको बह पोख्नेमा सबैभन्दा अगाडि देखिए तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।
विहान ११ बजे भनिए पनि बैठक शुरु हुँदा आधा घण्टा ढीला भयो । बैठकमा मधेसी मोर्चाका शीर्षनेता सहभागी नहुने भनेर हल्ला चलिरहे पनि प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट महन्थ ठाकुर हृदयेश त्रिपाठीलाई लिएर बालुवाटारमा भित्रिए ।
महन्थ ठाकुर र हृदयेश त्रिपाठीलगत्तै समाजवादी फोरमका अशोक राई र राजेन्द्र श्रेष्ठहरु पनि प्रधानमन्त्री निवास बालुवाटार छिरे । एमाले पार्टीबाट बाहिरिएपछि अशोक राई र केपी ओलीवीच यो नै पहिलो औपचारिक वार्ता थियो ।
बैठकको शुरुमै प्रधानमन्त्रीले भावुक खालको मन्तव्य दिए । ‘जनताले धेरै दुःख पाए । हामी सबैले देश र जनताकै लागि राजनीतिक गरेका हौं भने अब कहीँ न कहीँ मिलनबिन्दु खोज्नैपर्छ’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एमाले उपाध्यक्ष तथा रक्षामन्त्री भीमबहादुर रावलले भने ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/