मंसिर २८, २०७२- क्रिकेट संघ नेपाल (क्यान)को काठमाडौंमा भएको साधारणसभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
कमलादीस्थित होटल राजघरानामा जारी साधारणसभामा उपाध्यक्षद्वय केशव घिमिरे र सुनिल अमात्यले राष्ट्रिय खेलकुद परिषदले पठाएको पत्र वाचन गर्न पाउनुपर्ने माग गरेपछि होहल्ला भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको हो ।
साधारणसभाको अध्यक्षता उपाध्यक्ष चतुरबहादुर चन्दले गरिरहेका छन् ।