Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

क्रिकेट संघको साधारणसभामा प्रहरी हस्तक्षेप

मंसिर २८, २०७२- क्रिकेट संघ नेपाल (क्यान)को काठमाडौंमा भएको साधारणसभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
कमलादीस्थित होटल राजघरानामा जारी साधारणसभामा उपाध्यक्षद्वय केशव घिमिरे र सुनिल अमात्यले राष्ट्रिय खेलकुद परिषदले पठाएको पत्र वाचन गर्न पाउनुपर्ने माग गरेपछि होहल्ला भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको हो ।
साधारणसभाको अध्यक्षता उपाध्यक्ष चतुरबहादुर चन्दले गरिरहेका छन् ।

बिहान ११ बजे युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले उदघाटन गर्ने भनिएको साधारणसभा कांग्रेस सांसद धनराज गुरुङले गरेका थिए । मन्त्री मण्डल नआएपछि गुरुङले तीन बजे साधारणसभा उदघाटन गरे ।
साधारणसभामा वर्तमान अध्यक्ष टंक आङबुहाङसहितको समूह अनुपस्थित छ ।
क्यानको ३४ जिल्ला, ९ क्षेत्र, २६ केन्द्रीय समिति गरि ८३ जनामध्ये साधारणसभामा ७१ जना उपस्थित भएको दाबी गरिएको छ ।
News from ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/