Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दुलाहा बन्दै निश्चल बस्नेत

मंसिर २८, २०७२- 
अन्तत: निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्का बैवाहिक जीवनमा बाँधिने नै भएका छन् । उनीहरुले आज सोमबार ईन्गेजमेन्ट गरेका छन् । दुबैले परिवारका सदस्यमाझ इन्गेजमेन्ट गरेका हुन् । केही महिनाअघि उनीहरु प्रेम सम्बन्धमा रहेको समाचार सार्वजनिक भैरहँदा दुबैले उक्त कुराको खण्डन गरेका थिए ।
चलचित्र ‘लूट’ को निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा आएका निश्चल बस्नेत ‘कबड्डी’ तथा ‘कबड्डी कबड्डी’ चलचित्रमार्फत अभिनेता तथा निर्माताको रुपमा समेत स्थापित भैसकेका छन् । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी स्वस्तिमाले ‘होस्टल रिर्टन्स’ बाट चलचित्रमा डेब्यू गरेकी हुन् । उनीहरु आगामी फागुन ५ गते वैवाहिक जीवनमा बाँधिनेछन् ।

News from Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/