Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Advocate Dipendra Jha. Show all posts
Showing posts with label Advocate Dipendra Jha. Show all posts

अनुपराज शर्माज्यूलाई खुला पत्र

सम्माननीय राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षज्यू, आज म तपाईँलाई खुलापत्र लेख्न बाध्य भएको छु । धेरै चोटी लिखित र मौखिक रूपमा देशको मानवअधिकारको अवस्था अवगत गराए पश्चात अन्त्यमा कुनै उपाय नलागेकोले खुलापत्र मार्फत तपाईँलाई झकझक्याउने प्रयास गरेको छु । 
आशा छ, यसलाई अन्यथा लिनु हुन्न होला । तपाई एक जना सफल वकिल र प्रधानन्यायाधीश भइसकेको व्यक्ति हो । यसकारण राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको रूपमा तपाईँ सफल हुनु होला भन्ने आशा गरेको थिँए। अझ उत्साहित त्यत्ति बेला भएको थिएँ, जति बेला काम गर्न नसके एक वर्ष भित्रमा राजीनामा गर्छु भन्ने खुला वचन वद्धता गर्नुभएको थियो। खै त एक वर्ष बित्यो, न त कामको प्रभावकारिता देखिन्छ, न त राजीनामा नै आयो?
देश एक तर्फ संकटमा छ, समाज पूर्णतः ध्रुवीकृत भएको छ र मानवअधिकारको खुल्लम खुल्ला उल्लंघन भएको अवस्था छ। देशको यस्तो भयावह स्थितिमा तपाईँहरू कतै हराउनुभएको छ। अब त आयोगलाई खोज्न मान्छे हराएको बेला जस्तै सार्वजनिक सूचना जारी गर्ने बेला भयो।

भोलिको वार्तालाई निर्णायक बनाउँ, भलाइ यसमै छ

भोलिको वार्तालाई निर्णायक बनाउँ, भलाइ यसमै छ


दिपेन्द्र झा 

भोलि भनिएको निर्णायक वार्तालाई सफल बनाउनुमै हामी सबैको भलाई छ। किनभने अहिले मधेसमा चलिरहेको आन्दोलन राष्ट्रवादी आन्दोलन हो। जसले यो राष्ट्र टुक्र्याउने आन्दोलन हो, यो भारतबाट निर्देशित आन्दोलन हो, भनिरहेका छन् ती व्यक्तिहरुको दिमागमा मधेसीहरूको राष्ट्रियताप्रतिको बफादारितालाई प्रश्न गर्ने महेन्द्रवादी चिन्तन हावी भएको मात्र हो।
राणाकाल र पञ्चायती शिक्षाको दिमागमा गहिरो छाप परेको हुनाले त्यस्तो विचार निमार्ण हुन गएको हो।
 यो आन्दोलनले सदियौँदेखि बहिस्करणमा परेका मधेसी थारु जनजातिहरुलाई मूलप्रवाहमा ल्याउने हुँदा यो साँचो अर्थमा राष्ट्रवादी आन्दोलन हो। यो आन्दोलनले नेपालको अखण्डतालाई साँचो अर्थमा मजबुत पार्ने छ। बन्दुकमा विश्वास गर्ने शक्तिलाई शान्तिपूर्ण आन्दोलनले पनि राजनीतिक माग सम्बोधन गराउन सकिन्छ भन्ने सन्देश यसले दिन्छ। यसकारण यो आन्दोलनलाई सम्बोधन गराई सफलताको जस  पनि आन्दोलनकारीलाई दिनुपर्दछ। यसपालिको मधेस आन्दोलनका दुईवटा मुख्य विशेषता रहेको छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/