Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Administration warns Baburam Bhattarai not to come Kailali. Show all posts
Showing posts with label Administration warns Baburam Bhattarai not to come Kailali. Show all posts

बाबुराम भट्टराईलाई कैलाली नआउन प्रशासनको आग्रह

आश्विन १७, २०७२- पूर्व प्रधानमन्त्री बावुराम भट्टराईलाई  अहिलेको असहज परिस्थतीलाई मध्यनजर गर्दै कैलाली नआउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठेकले शान्ति–सुरक्षा, समाजिक सद्भाव लगायतका सुरक्षा चुनौती रहेकाले तत्काललाई जिल्लामा नआउन अनरोध गर्ने निर्णय गरेको हो ।  प्रमुख जिल्ला अधिकारी  मोहन चापागाँईले  गृह मन्त्रालय मार्फत सुरक्षा समितिको निर्णय बारे बाबुराम भट्टराईलाई उक्त जानकारी पठाउने बताए ।

असोज २० गते भट्टराई धनगढीमा आउने कार्यक्रम थियो । उनी थारुहट आन्दोलनकारी पक्षद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्न आउने भएका थिए ।

टिकापुरको हिंसात्मक घटनापछि जिल्लाको स्थिती असहज बनेको हो । धनगढी र टिकापुरमा एक महिना कफ्र्यु लागेको थियो । एक साताअघि मात्रै जिल्ला सुरक्षा समितिले लगाउँदै आएको कफ्र्युलाई हटाएको हो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/