आश्विन १७, २०७२- पूर्व प्रधानमन्त्री बावुराम भट्टराईलाई अहिलेको असहज परिस्थतीलाई मध्यनजर गर्दै कैलाली नआउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्ने भएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठेकले शान्ति–सुरक्षा, समाजिक सद्भाव लगायतका सुरक्षा चुनौती रहेकाले तत्काललाई जिल्लामा नआउन अनरोध गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहन चापागाँईले गृह मन्त्रालय मार्फत सुरक्षा समितिको निर्णय बारे बाबुराम भट्टराईलाई उक्त जानकारी पठाउने बताए ।
असोज २० गते भट्टराई धनगढीमा आउने कार्यक्रम थियो । उनी थारुहट आन्दोलनकारी पक्षद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्न आउने भएका थिए ।
टिकापुरको हिंसात्मक घटनापछि जिल्लाको स्थिती असहज बनेको हो । धनगढी र टिकापुरमा एक महिना कफ्र्यु लागेको थियो । एक साताअघि मात्रै जिल्ला सुरक्षा समितिले लगाउँदै आएको कफ्र्युलाई हटाएको हो ।