Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भक्तपुर पूर्ण साक्षर जिल्ला घोषणा

रमेश गिरी/उज्यालो । 
भक्तपुर, मंसिर २७ - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार भक्तपुरलाई २० आैँ पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको छ । जिल्ला अनौपचारिक शिक्षा समिति भक्तपुरले दरबारस्क्वायरमा आयोजना गरेको साक्षर भक्तपुर घोषणा समारोहमा मन्त्री पोखरेलले भक्तपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिएपनि त्यो पुरा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आगामी एकवर्ष भित्र ७५ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने बताउनुभयो । शिक्षा क्षेत्र परिवर्तनको संवाहक भएको औल्याउँदै उहाँले सरकारले संविधान कार्यान्वयनमा ल्याएर जनताले अनुभव गर्नेगरि परिवर्तन गर्ने बताउनुभयो । 
संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएपछि मात्रै देशको संक्रमणकाल समाधान हुने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, ‘संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएर नयाँ निर्वाचन भएपछि मात्रै देशको संक्रमणकाल समाधान हुन्छ, त्यसैले अझै २०७४ माघ ७ गतेसम्म यस्तै संक्रमण रहिरहन्छ ।’ कार्यक्रममा मन्त्री पोखरेलले साक्षर जिल्ला घोषणा भएको अवसरमा
जिल्ला शिक्षा कार्यालय भक्तपुरलाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको छ ।
शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले भक्तपुरको कूल जनसंख्याको ९६ दशमलव ७४ प्रतिशत अर्थात २ लाख ९८ हजार ७ सय ४ नागरिक साक्षर भएकाले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । भक्तपुरमा साक्षर हुन बाँकी रहेका ९ हजार ७ सय ४१ जनालाई अब सञ्चालन हुने निरन्तर कक्षाबाट साक्षर बनाइने उहाँले जानकारी दिनुभयो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/