Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुईको सर्लाहीमा हत्या

सर्लाही-सर्लाहीको गौरीशंकरमा अज्ञात समूहले गोली प्रहार गरी दुई भारतीयको हत्या गरेका छन् । गौरीशंकर–८ श्रीनगरमा गोली प्रहार गरी भारत सितामढी जिल्ला सोनवर्षाका मुकेश कुमार र कपिल कुमार राय कुर्मीको हत्या भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए ।
अपराधिक गतिविधिमा संलग्न भएर भारतीय प्रहरीको खोजिको सूचिमा रहेका दुवै जना मारिएको भारतीय सुरक्षा निकायको हवाला दिंदै सर्लाही प्रहरीले जनाएको छ ।

शनिबार साँझै हत्या भएको दुवैको शव आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायव उपरीक्षक खडकाले भने,'धरिलो हतियार र गोली प्रहरी गरी भारतीय नागरिकको हत्या किन कसले गर्यो खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा केहि कारणहरु आएपनि यकिन हुन सकेको छैन ।' मृतक दुवैलाई पछाडीबाट गोली प्रहार गरी हत्या गरीएको छ, उनले भने ।

उनिहरुलाई भारतीय प्रहरीले प्रयोग गर्ने फोरनट गोली प्रहार गरी हत्या गरिएको प्रहरी पुष्टि गरेको छ । मृतक दुवैको शव सर्लाही जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी भारतीय पक्षलाई बुझाइने खडकाले बताए । मृतक दुवै जना चढेर आएको भारतीय नम्बर प्लेटको बीआर ०६ भी६१९८ नम्बरको मोटर साइकल स्थानीय कुलदिप महतोको घरबाट बरामद भएको छ ।
Crime story from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/