Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

डान्सबारमा काम गर्न खासा हिडेका १७८ लाई तातोपानी नाकाबाट फर्काइयो

फोटो :खासा बजार
चौतारा: माइती नेपालले तातोपानी हुँदै चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १७८ चेलीलाई नाकाबाटै फर्काएको छ । 
 
मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित बेचबिखनबाट जोगाउन उनीहरुलाई फर्काइएको हो । तथ्याङ्कअनुसार तीमध्ये सिन्धुपाल्चोकका ६५ र अन्यन्त्रका १३५ जना छन् । 
खासामा हुने मानव बेचबिखन रोकथामका लागि माइती नेपाल सन् २०१२ देखि सक्रिय छ । तथ्याङ्कअनुसार तातोपानीमा कार्यालय स्थापना गरी हालसम्म नेपालले १७८ चेलीलाई सम्भावित बेचबिखनबाट जोगाएको हो । माइती नेपालले एक कार्यक्रम मार्फत सो जानकारी दिएको हो । 
 
खासामा हुने बेचबिखन नियन्त्रण गर्न लागिपरेको माइती नेपालले नेपाल–चीन सीमामा परामर्श दिने क्रममा खासाबारे अनभिज्ञ पाइएकाले उनीहरुलाई फर्काएको जनाइएको छ । परामर्शका क्रममा जोखिममा रहेका केही चेलीलाई परिवारको जिम्मा लगाइएको छ । 
 
सो संस्थाका अनुसार चीनको खासास्थित रेस्टुराँ तथा घरमा काम गर्न नेपाली चेली र बालबालिका लैजाने गरिन्छ । विशेष गरी चीनसँग सीमा जोडिएको मार्मिङका बालबालिका खासा जाने गरेको माइती नेपाल सिन्धुपाल्चोक कार्यक्रम संयोजक पवित्रा घिमिरेले बताए । 
 
खासा बजारलाई मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिन थालिएपछि बेचबिखन न्यूनीकरणका लागि माइती नेपाल सीमा नाकामा सक्रिय छ । 
 
पछिल्लो समय खासाका डान्सबारमा नेपाली बालबालिका पनि बेचिन थालेको पाइएपछि सो संस्थाले एक वर्षदेखि बालबालिकालाई समेत परामर्श दिन थालेको छ । नाकामा रहेर परामर्शका क्रममा १५ देखि ४५ उमेरसमूहका चेलीलाई सीमानाकामा सोधपुछपछि मात्र चीन प्रवेशका लागि अनुमति दिने गरिएको छ । 
 
विसं २०६८ वैशाखमा माइती नेपालले गरेको स्थलगत अध्ययनका क्रममा खासाका डान्सबारमा नेपाली चेलीहरु अवैध धन्दामा संलग्न रहेको पाएको थियो । घिमिरेले खासाको अवस्थाबारे नबुझेका चेलीहरु त्यहाँ बेचबिखनमा पर्न सक्ने सम्भावना बढी भएकाले फर्काइएको बताए । खासामा काम गर्न जाने विशेष गरेर विकट गाउँका अशिक्षित, अभिभावक नभएका र आर्थिक अवस्था कमजोर भएकाहरु रहने गरेका छन् । 
 
खासामा नेपाली चेलीलाई सुरुमा ‘वेटर’ राख्ने र पछि रेस्टुराँ मालिकले यौन क्रियाकलापमा संलग्न गराउने गरेको स्रोतको जिकिर छ । खासामा काम गर्न भनेर सिन्धुपाल्चोकका साथै मकवानपुर, कास्की, ललितपुर र चितवनका चेली जाने गर्छन् । 
News from annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/