Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

थामखर्क बिमानस्थलमा नियमित उडान सुरु

खोटाङ, मंसिर २२ - लामो समयपछि खोटाङको थामखर्क बिमानस्थलमा नियमित उडान सुरु गरिएको छ ।
बर्षाका कारण गएकाे जेठ १० गतेदेखि अवरुद्ध रहेको बिमानस्थलमा मंगलबारबाट नेपाल एयरलाइन्सले काठमाडौं र विराटनगरका लागि नियमित उडान सुरु गरेको हो । बर्षाका कारण बन्द बिमानस्थलमा नेपाल एयरलाइन्सले मंगलबार बिहान काठमाडौं–थामखर्क उडान भरेको छ ।
थामखर्कमा नेपाल एयरलायन्सले मंगलबार र शनिबार काठमाडौं तथा शनिबार बिराटनगरका लागि उडान भर्ने एयरलाइन्सका थामखर्क स्टेशन इन्चार्ज नरेन्द्र उदासले जानकारी दिनुभयो । 

थामखर्कमा उडान सुरु भएपछि दक्षिणी क्षेत्रका दुई दर्जन गाविसका बासिन्दा लाभान्वित भएका छन् । थामखर्कमा उडान नहुँदा र नाकाबन्दीले तराईबाट आवतजावत गर्ने व्यवस्था नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर खानीडाँडा बिमानस्थलबाट काठमाडौं विराटनगर यात्रा गर्न बाध्य बनेका थिए । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/