Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चेल्सीलाई हराएर लेस्टर शीर्षस्थानमा फर्कियो

मंसिर २९, २०७२- जेमी भार्डी र रियाद माहरेजले लेस्टरलाई खराब समयबाट गुज्रिएको चेल्सीमाथि २–१ को जित दिलाएर सोमबार प्रिमियर लिगको शीर्षस्थानमा फर्काएका छन् । यसले चेल्सीका प्रशिक्षक जोसे मोउरिन्होमािथ दबाब बढाएको छ ।
माहरेजले भार्डीको सिजनको १५ औं गोलमा अवसर सिर्जना गरे । त्यसमा उनले ३४ औं मिनेटमा गरेको क्रस उत्कृष्ट थियो । त्यसपछि यी अल्जेरियाली विंगरले ४८ औं मिनेटमा लोभलाग्दो गोल गरे । यो उनको १२ औं गोल हो र यसले लेस्टरको स्वप्निल सिजनको यात्रालाई कायमै राख्यो ।
क्लाउडियो रानेरीको टिमले यो सिजन एक खेलमा मात्र हार बेहोरेको छ । चेल्सीको लागि सब्स्टिच्युट लोइच रेमीले अन्त्यतिर गोल गरे । यो जितले घरेलु टिम लेस्टरलाई दोस्रो स्थानको आर्सनलमाथि स्पष्ट दुई अंकको अग्रता दिलायो । चेल्सीले १६ खेलमा नवौं हार बेहोरेपछि उसका व्यवस्थाक मोउरिन्होलाई चर्को दबाब पर्‍यो ।

अघिल्लो साता घरमै बोर्नमाउथसँग स्तब्ध भएको मोउरिन्होको टिम रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्र माथि छ । यसले पोर्चुगिच प्रशिक्षकलाई बर्खास्त गर्ने भन्ने चर्चा अझ बढेको छ । ‘हामी शीर्ष चारमा लिग टुंग्याउन सक्दैनौं तर अझै शीर्ष ६ मा रहन सक्छौं । किनभने धेरै टिमले अंक गुमाइरहेका छन्,’ मोउरिन्होले भने, ‘तर यो क्षण हामी लज्जित हुनुपर्ने क्षेत्रमा छौं ।’
Sports news from ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/