Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विद्युतीय गाडी ल्याउने तयारीमा महानगर

मंसिर २९, २०७२- काठमाडौं महानगरपालिकाले चीनबाट विद्युतीय बस ल्याउने तयारी थालेको छ । मुलुकमा बढो इन्धन संकटलाई टार्न महानगरपालिकाले विद्युतीय गाडीहरु ल्याउने भनिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय समेत सम्हालेका उप-प्रधान तथा परराष्ट्रमन्त्रीले विद्युतीय बसका लागि आफूले चीन सरकार समक्ष पहल गर्ने बताएका हुन् ।
महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभागका प्रमुख ज्ञानेन्द्र कार्कीका अनुसार थापाले ४/५ दिन अघि विद्युतीय बस ल्याउने गृहकार्यका लागि तत्काल निर्देशन दिइसकेका छन् । उनले भने,‘मन्त्रीज्यूले म चाइना सरकारसँग कुरा गर्छु । तत्काल विद्युतीय बस ल्याउनु पर्छ भन्नुभएको छ । त्यसैको गृहकार्य भइरहेको छ ।’ उनले महानगरपालिकाका कार्यकारी अधिकृत रूद्रसिंह तामाङ श्रीलंका भ्रमणमा गरेको उनी पुष २ मा नेपाल आएसँगै कामलाई अघि बढाउने छौं ।’

महानगरपालिकाले पहिलो चरणमा चीन सरकारको अनुदानमा २० देखि २५ बस ल्याउने र त्यसपछि अन्य आवश्यक बस किन्ने लक्ष्यका साथ योजना अघि बढाउन थालेको छ । कार्कीले भने,‘मन्त्री ज्यूले यसै गरि कामलाई अघि बढाउनु भन्नु भएको छ ।’ मन्त्री थापाले तराई-मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण जनताले दु:ख पाएको भन्दै तत्काल बस ल्याउने गृहकार्य गर्न भनेको कार्कीले जनाए ।
२१ औं महानगर दिवश
काठमाडौं महानगरपालिकाले २१ औं महानगर दिवश मंगलबार मनाएको छ ।
राष्ट्रिय सभामा आयोजित कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले दीर्घकालिन सोच अनुरूप महानगरको विकास गर्न खाँचो रहेको बताइन् । उनले भनिन्,‘लामो समयसम्म स्थानीय निकायमा जन प्रतिनिधि विहीनताको अवस्थामा कर्मचारीतन्त्रले स्थायी सरकारको रुपमा हेरेर शुशासन तथा सेवा व्यवस्थापनमा काम गर्नु आवश्यक छ । यसलाई हामीले बिर्सनु हुदैन ।’
As published in Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/