Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अरुण-३ रोकिनेवाला छैन : महत

मंसिर २९, २०७२- कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व ऊर्जामन्त्री प्रकाशशरण महतले अरुण तेस्रो आयोजना निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् । उनले अब अरुण तेस्रोको विरोधभन्दा निर्माण तर्फ सबै लाग्नु पर्ने जररी भएको बताए ।
'अरुण तेस्रोको बिरोध हैन, यसलाई सफल पार्नु पर्छ,' उनले भने, 'धमक्याएर र त्रास देखाएर अरुण तेस्रो रोकिनेवाला छैन ।' संखुवासभा कांग्रेसको आयोजनामा खाँदबारीमा मंगलबार भएको भेटघाट कार्यक्रममा उनले भारतले गरेको अघोषित नाकाबन्दिका कारण नेपाललाइ भन्दा भारतलाई नै  धेरै घाटा भइरहेको बताए ।

उनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका छन् ।  महतले मुलुक भारतीय नाकाबन्दीका कारण स्थायी अस्थिरता भोगिरहेको भन्दै तत्काल मानविय संकट अन्त्य हुनु पर्ने बताए । जतिसक्दो चाँडो समस्याको समाधान खोजेर जनजीवनलाई सहज बनाउनु पर्ने उनले बताए ।
News from Ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/