Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मेसिन विगारी ठगी गर्ने एउटै ब्यक्तिको ९ वटा पेट्रोल पम्प !

मेसिन बिगारेर रिमोर्ट जडान गरी सर्वसाधारण ठग्ने पेट्रोल पम्प संचालकहरुको एउटा मात्र नभएर  सो भन्दा बढी पेट्रोल पम्पहरु रहेको फेला परेको छ। एउटैको ९ वटा पम्पहरु रहेको फेला परेको  छ। टंक कुमार क्षेत्रीको नाममा नेपाल आयल निगमले ९ वटा पम्प संचालन गर्न दिएको छ । उनको उपत्यकाका साथै धादिङ, नुवाकोट र बारामा पम्पहरु रहेका छन् ।
 
ललितपुरको एकान्तकुनामा रहेको प्रशान्ती, स्वयम्भुमा रहेको बंगलामुखी, सुकेधारामा रहेको इलाइट, भक्तपुरमा रहेको गुह्रेश्वरी, जोरपाटीमा रहेको न्यु लामा, भक्तपुरमा नै रहेको महेश्वरी, त्रिशुलीमा रहेको जल्पा, धादिङमा रहेको भैरवी र बाराको अमलेखगन्जमा रहेको आकाश आयल क्षेत्रीले संचालन गर्दै आएका छन् । उनले संचालन गर्दै आएको अधिकांश पम्पमा मेसिन जडान गरेको भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
 
प्रहरीले केही समयअघि छापा मार्दा उनको एकान्तकुनामा रहेको प्रशान्ती, स्वयम्भुमा रहेको बंगलामुखी लगायत पम्पमा रिर्मोट जडान गरिएको पाइएको थियो । हाल उनी फरार रहेका छन् ।
त्यस्तै प्रलाद तिमल्सिनाको नाममा पनि ३ वटा पम्प संचालन गर्न आयल निगमले अनुमति दिएको छ ।
 
उनको कालीमाटीमा सिता आयल, खसीबजारमा सता फ्युल र महाराजगन्जमा सिता केयर नामक पम्प छन् । सिता आयलमा रिमोर्ट जडान गरी तिमल्सिनाले ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
त्यस्तै यशु प्रधानका नाममा पनि ४ वटा पम्प संचालनमा छन् । स्वयम्भुमा रहेको हामा आयल, बल्खुमा रहेको त्रिशक्ती, नयाँबजारमा रहेको जयकुमारी र गुर्जुधारामा रहेको काठमाडौं आयल स्टोर उनको नाममा संचालित छ । त्रिशक्ती पम्पमा रिमोर्ट जडान गरी उनले पनि ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
 
'अधिकांश पेट्रोल पम्प संचालकहरुले एकभन्दा बढी पम्पहरु संचालन गरेर ठगी गरेको पाइयो', एसएसपी सर्वेन्द्र खनालले भने' नियमन गर्ने निकायले अल्लि ध्यान दिए समस्या  समाधान हुने थियो।'
 
यो पनि
 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/