Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

युएईमा व्यावसाय गर्ने नेपाली थपिँदै

उमाकान्त पाण्डे/उज्यालो । 
युएई , मंसिर १९ - युएईमा व्यावसाय गर्ने नेपालीको संख्या बढ्न थालेको छ । पछिल्लो १५ दिनमा मात्रै नेपालीका पाँच वटा व्यावसाय सुरु भएका छन् । नेपाली व्यावसायी युएइमा सफल पनि भएका छन् । बुटवलकी अञ्जली भट्टराईले यूएईको अलऐनमा वल्ड गेटवे ट्राभल एन्ड टुरिजम एलएलसी व्यावसाय सञ्चालन गर्नु भएको छ । अलऐनको मुख्य व्यापारीक केन्द्रमा रहेको लक्की प्लाजामा उहाँको व्यावसाय सुरु भएको छ । विभिन्न सामाजिक संस्थामा आबद्ध नेपाली युवाको संयुक्त लगानीमा एसएमटेक 
टेक्नोलोजी गु्रप  सञ्चालन गरेका छन् । युएईमा नयाँ व्यावसाय तर्फपनि नेपालीले लगानी गरेका छन् । दुबईमा पाँच जना नेपालीको लगानीमा सुचना तथा प्रविधिको व्यावसाय गर्ने पसल सञ्चालन गरिएको छ । सगरमाथा सेक्युरिटी डिभाईस इक्युपमेन्ट ट्रेडिङ एलएलसी (एसएमटेक टेक्नोलोजी) नामक कम्पनी पनि नेपालीले सञ्चालन गरेका छन् । यो व्यावसायबाट सिसिटिभी, स्मार्टकार्ड, मोबाईल एप्स, सफ्टवेयर निर्माण, एक्सेस डोर, नेटवर्कीङ, क्यु म्यानेजमेन्ट सिस्टम लगायतका सेवा प्रदान गरिने सञ्चालक त्रिलोचन कोइरालाले बताउनुभयो । बर दुवईको आईटी प्लाजामा सुरु गरिएको पसलको नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र एसएमटेकका स्थानीय स्पोन्सर मोहम्मब ओमारले उद्घाटन गर्नुभयो ।
 अघिल्लो साताबाट बुटवलकी दिपा पाण्डे र झापाकी लक्ष्मी तामाङले फुजेराहमा नासिर लेडिज सैलुन सञ्चालनमा ल्याउनु भएको छ । यस्तै नमस्ते टुर एण्ड ट्राभल्सले आफ्नो पहिलो शाखा विस्तारको क्रममा आबुधावीबाट समेत सेवा दिन सुरु गरेको छ । अलकुजमा नेपाली युवाहरुले सयपत्री नेपाली रेस्टुरेन्ट सुरुवात गरेका छन् । स्याङ्जाका युवाहरु मिलेर गाडीका टायर तथा ह्विल फिक्सिङ कम्पनी सञ्चालन  गरेका छन् । करीब २ करोड नेपाली रुपैयाँको लगानीमा ४ नेपालीको साझेदारीमा उक्त कम्पनी सञ्चालनमा आएको हो ।
युएईमा नेपालीले ट्राभल तथा टुरिजम, फोटो कपी तथा टाइपिङ पसल, दोहोरी साँझदेखि नेपाली, नेपाली रेस्टुरेन्ट, सैलुन, ब्युटी पार्लर, क्लिनिङ तथा निर्माण क्षेत्रमा जनशक्ति सप्लाई, लगायतका व्यावसाय गरेका छन । यस्तै गार्मेण्ट पसल,  इलेक्ट्रिक, मोबाइल, कम्प्युटर , टेलरिङ्ग जस्ता क्षेत्रमा पनि नेपालीको लगानी छ । 


Ą
https://www.flickr.com/photos/spklg/15211044551/