Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उद्योगमन्त्रीले जमीनमा आगो बलेको देखेपछि...

मंसिर २१, २०७२- भनिन्छ, संकटले नै अवसरको ढोका खोल्छ । मधेस आन्दोलन र भारतको नाकाबन्दीको असरले नेपालीको चुल्हो बल्न छाडेपछि खानी उत्खनन् गर्ने कार्ययोजनाका साथ दैलेख आइपुगेका उद्योगमन्त्री सोमप्रसाद पाण्डे सोमबार दंग परे जब उनलाई शिरस्थान खोलामा स्थानीयले पानीमा, माटोमा आगो बालेर देखाइयो ।

‘प्राविधिक टोलीलाई पठाउनुपूर्व सुरुमा आफूले अवलोकन गर्दा ठीक होला भनेर आएको हुँ,’ मन्त्री पाण्डेले भने, ‘यहाँ पहिलेदेखि रहेको, बलेर खेर गइरहेको पेट्रोलियम पदार्थ देखेपछि अध्ययन, अनुसन्धान तथा उत्खनन् गरेर मुलुकलाई आत्मनिर्भर बनाउने सोच आयो ।’ नाकाबन्दी हटे पनि सरकारले यस्ता खानी तथा खनिज पदार्थहरुको उत्खनन् गरेरै छाड्ने उनले बताए ।
उनले एक महिनाभित्र प्राविधिक टोलीलाई पेट्रोलियम खानी सम्भावित क्षेत्रमा खटाउने प्रतिबद्धता जनाए । मन्त्री पाण्डेले सरकारको आफ्नो साधन–स्रोतले नभ्याए विदेशी सहयोग लिएर भए पनि उत्खनन् थाल्ने बताए । ‘एक महिनाभित्र प्राविधिक टोली पठाउँछु । यदि ग्यास प्रयोगमा ल्याउन सकिने रिर्पोट आएमा तत्काल उत्खनन् अघि बढ्छ,’ पाण्डेले भने ।  
आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मुलुकभरका सम्भावित खानी क्षेत्रको अध्ययन, अन्वेषण गर्न मातहतको खानी तथा भूगर्भ विभागलाई निर्देशन दिइसकेको पनि उनले बताए । मन्त्री पाण्डेले सोमबार शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा पाइने पेट्रोलियम पदार्थको अवलोकन गरे । खानी विभागका भूगर्भविद रत्नमणी गुप्ताले ज्वाला क्षेत्रमा ग्यासको सम्भावना बढी रहेको बताए ।
मन्त्री पाण्डेलाई दैलेख उद्योग वाणिज्य संघले खनिज पदार्थको अध्ययन/अनुसन्धान गरी उत्खनन् गर्न तथा पञ्चकोसी क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न लगायतका माग राखी ज्ञापनपत्र बुझाएको छ ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/