यो सिजन लगातार खराब प्रदर्शन गरेको चेल्सीले गएको बिहीबार प्रशिक्षक जोस मोरिन्होलाई बर्खास्त गरेको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीका लागि पाँचौं मिनेटमा ब्रानस्लाभ इभानोविचले सुरुवाती गोल गरे ।
१३ औं मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । ५० औं मिनेटमा ओस्कारले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याए । ५२ औं मिनेटमा फाबियो बोरिनीले सन्डरल्याण्डका लागि एक गोल फर्काए । जितपछि १७ खेलबाट १८ अंक जोडेको चेल्सी १५ औं स्थानमा छ ।
समान १७ खेलबाट १२ अंक जोडेको सन्डरल्याण्ड १९ औं स्थानमा छ । शनिबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटी तथा बोर्नमाउथले वेष्ट ब्रोमलाई समान २–१ ले हराए ।













