Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित केही घाइते

पुस ११, २०७२- मकवानपुरको दुर्गम गाउँमा शुक्रबार राति प्रहरी र स्थानीयवासी झडप हुदा तीन जना प्रहरी र एक स्थानीयवासी घाइते भएका छन  । एक स्थानीयवासीको दात झरेको छ ।
कालिकाटार गाविसस्थित कटुन्जेमा शुक्रबार राति प्रहरी र स्थानीय युवाहरुबीच झडप हुँदा सई जीवलाल पाण्डे, हवल्दार राजेशदाश वानियाँ र प्रहरी जवान कुलप्रसाद कुर्मी घाइते भएका छन्। प्रहरीको झडपमा विजय लामाको २ वटा दात झरेको छ । उनको उपचार हेटौंडाका भइरहेको छ ।  घाइते प्रहरीको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । उनीहरुलाई राति नै एम्वुलेन्सवाट उपचारका निम्ति ल्याइएको थियो । झडपको क्रममा प्रहरीले स्थानीय एक युवक नियन्त्रणमा लिएको छ । कालिकाटार गाविसमा गाँजा फाडनका लागि तीन दिनदेखि प्रहरीहरु कटुन्जेमा बस्दै आएका थिए ।

शुक्रवार राति कटुन्जेमा मेला(जात्रा) थियो । मेला भर्नका लागि टाढा, टाढावाट स्थानीय मानिसहरु आएका थिए । जात्रामा प्रहरी र स्थानीय युवा नाजगानमा ठेलमठेल हुने क्रममा झडप भएको थियो ।
प्रहरीले जात्रामा लङ्गुरवुर्जा खेल्न रोक लगाएपछि स्थानीय युवाहरु प्रहरीसँग आक्रोशित थिए । ‘लङ्गुरवुर्जा खेल्न नदिएको निहुँमा राति सुतिरहेको प्रहरीमाथि ढुंगामुढा प्रहार गरेर घाइते वनाएको प्रहरी उपरीक्षक मीरा चौधरीले वताईन । आक्रमण गर्नेहरुको खोजी भइरहेको छ,' उनले भनिन् । मादक पदार्थ सेवन गरेर प्रहरीले स्थानीय युवकलाई अनाहकमा कुटपिट गरेकाले प्रहरी र स्थानीयवासीबीच झडप भएको स्थानीयवासी अशोक लामाले वताए ।  
हेटौंडाबाट घटनास्थल करिब ४० किलोमिटर उत्तरपश्चिममा पर्छ ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/