Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सर्वाधिक कमाइ गर्ने मोडलहरू

कारा डेलिभिङ्नी
यो सूचीको पहिलो  स्थानमा कारा डेलिभिङनी रहिन् । मोडलिङ, अभिनय र इन्स्टाग्रामिङमा व्यस्त काराले यो वर्ष ९० लाख डलर कमाइन् । डिकेएनवाई, बर्बेरी, टपसपजस्ता ब्रान्डसँग संलग्न कारा जोनी डिपसँग लन्डन फिल्ड्स, हग ज्याकमानसँग प्यान, विल स्मिथसँग सुसाइड स्क्वाडजस्ता चलचित्रमा अनुबन्धित भैसकेकी छिन् । 

एड्रियाना लिमा 
सन् २००० देखि नै विश्वप्रसिद्ध लिङगेरी ब्रान्ड भिक्टोरियाज सिक्रेट एन्जेल बन्न सफल ३४ वर्षीया एड्रियाना लिमा कारा डेलिभिङ्नीसँगै संयुक्त रुपमा यो सूचीमा पहिलो स्थानमा रहिन् । वर्ष २०१५ मा लिमाको कमाइ ९० लाख डलर पुगेको छ । यो वर्ष उनको आम्दानीमा मार्क ज्याकोब्स, एच एन्ड एम तथा डिजुयलसँगको अनुबन्धले उल्लेख्य भूमिका खेल्यो । 

डचेन क्रोज
डच पावरहाउसका रूपमा परिचित ३० वर्षीया डचेन क्रोज ८० लाख डलरको आम्दानीसहित यो सूचीको तेस्रो स्थानमा रहिन् । लोरियल कस्मेटिक्स् तथा फेस अफ टिफानी एन्ड कम्पनीसँग आबद्ध क्रोज यो वर्ष सामसुङ ब्रान्डसँग गरिएको अनुबन्धपछि चौथो स्थानमा पुगेकी हुन् । 

मिरान्डा केर
अस्ट्रेलियन सुन्दरी मिरान्डा केर ५५ लाख डलर आम्दानी गरेर चौथो स्थानमा रहिन् । केर यो वर्ष इस्काडा जोयफुल सुगन्ध, स्वारोस्की ज्वेलरी तथा क्लियर हेयर प्रोडक्टसँग आबद्ध थिइन् । 

जोआन स्मल्स
प्युर्टोरिकोकी २७ वर्षीया मोडल जोआन स्मल्स ५५ लाख डलर आम्दानीका साथ यो सूचीमा पाँचौं स्थानमा रहिन् । उनी इस्टी लअडर, एच एन्ड एमसँगै जोअ फ्रेस, क्याल्भिन क्लाइन तथा मार्क जाकोब्सजस्ता ब्रान्डसँग आबद्ध छिन् । 


लारा स्टोन 
गत वर्ष यो सूचीमा नरहेकी लारा स्टोन छैठौं सातांै स्थानमा छिन् । लोरियल कस्मेटिक्ससितको सम्झौता, केल्भिन क्लाइनको अन्डर फेयर, स्टेला म्याककार्टनी तथा टम फोर्डको सुगन्धसँगको आबद्धताले यो वर्ष उनको कमाइ ५० लाख डलर पुग्यो । 

एलेक्जान्ड्रा अम्ब्रोसियो
३४ वर्षीया ब्राजिलियन मोडल एलेक्जान्ड्रा अम्ब्रोसियो यो वर्ष ५० लाख डलर आम्दानीसहित संयुक्त रुपमा सातौं स्थानमा रहिन् । भिक्टोरियाज सिक्रेटकी मोडल अम्ब्रोसियो यो वर्ष स्कुच र डाफिटी ब्रान्डसितको सम्झौतापछि यो सूचीमा समावेश भएकी हुन् । 

क्यान्डिस स्वानेपोल
दक्षिण अफ्रिकी मोडल क्यान्डिस स्वानेपोल यो वर्ष म्याक्स फ्याक्टर मेकअप ब्रान्ड र भर्साचीको सुगन्ध ब्रान्डसित सम्झौता गर्दै ५० लाख डलर आम्दानीका साथ संयुक्त रुपमा सातौं स्थानमा रहिन् । स्वानेपोल यो वर्ष भिक्टोरिया सिक्रेट, फ्री पिपुल, गिभेन्चीजस्ता ब्रान्डसित पनि आबद्ध भइन् । 

कार्ली क्लस
५० लाख डलर आम्दानी सहित २३ वर्षीया कार्ली क्लस यो सूचीमा संयुक्त रुपमा सातौं स्थानमा रहिन् । उनी लोरियल, जो फ्रेस र केट स्पेडजस्ता ब्रान्डसँग संलग्न छिन् । क्लस यो वर्ष भोग पत्रिकाको कभरमा पनि देखा परिन् । 

नटालिया भोडियानोभा
३३ वर्षीया रूसी मोडल नटालिया यो सूचीको दशौं स्थानमा छिन् । क्याल्भिन क्लाइनको युफोरिया ब्रान्डको सुगन्धका साथै गुअरलेन कस्मेटिक्ससितको सम्झौताले उनलाई यो स्थान दिलाएको हो । वर्ष २०१५ मा उनको आम्दानी ४० लाख डलर पुग्यो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/