Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ऋषि धमलाकी छोरीको पास्नीमा भीआइपीको घुइँचो !

र्वप्रधानमन्त्री र सभामुखदेखि सेनापतिसम्मले गरे पाउकष्ट
११ पुस, काठमाडौं । आर्मी अफिसर्स क्लवमा बुधबार देशका भीआइपीहरुको जमघट भयो । कार्यक्रम चाँहि अति नै सामान्य थियो- पत्रकार ऋषि धमलाकी छोरीको पास्नी ।
नेपालमा सामाजिक सुधार ऐन बनेको र सामाजिक कार्यमा फजूल खर्च गर्न नपाइने नियम कानूनहरु रहेको भएता पनि एक सामान्य नागरिकले गरेको पारिवारिक कार्यक्रममा सेनापतिदेखि सभामुखसम्मले सहभागिता जनाएर कार्यक्रमलाई रोचक बनाए ।
भूकम्प पीडितहरु जाडोले कठांग्रिइरहेका बेला भीआइपीहरुले काठमाडौंको चीसोको कुनै पर्वाह गरेनन् र उनीहरु ठाँटिएर आर्मी अफिर्सस क्लबमा पुगे ।
पत्रकार धमलाले एक वर्ष पुगेकी आफ्नी छोरी एरिकाको अन्नप्रासन (पास्नी) का अवसरमा आर्मी अफिसर्स क्लवमा पार्टी दिएका थिए । सो पार्टीमा को-को आएका थिए भन्दा पनि को-को आएका थिएनन् भन्नु उचित हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एमामाओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहेकका लगभग सबै चिरपरिचित हस्तीहरु पास्नीमा पार्टी खान पुगे ।
समारोहमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपाल, कांग्रेस नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी, मधेसी मोर्चाका उपेन्द्र यादव, चुरे भावरका अध्यक्ष बद्री न्यौपाने लगायतका राजनीतिक हस्तीहरु थिए ।
यस्तै, सभामुख ओनसरी घर्ती, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक दुर्जकुमार राई, मुख्य सचिव सोमलाल सुवेदी जस्ता उच्चपदस्थहरुको पनि कार्यक्रममा उपस्थिति रह्यो । मुख्यसचिव सुवेदीले धमलाकी छोरीलाई पहेंलो खाममा हालेर पैसा दिएका थिए ।

पूर्वसेनापतिहरु रुक्मांगद कटवाल र छत्रमान गुरुङ पनि उपस्थित थिए । महानायक राजेश हमाल आफ्नी श्रीमतीसहित पास्नीमा पुगेका थिए । अन्य कलाकारहरु पनि बाक्लै देखिन्थे ।
पार्टीमा हाई प्रोफाइल व्यक्तिहरुको लाम देखेर धमला दम्पत्ति गदगद थिए । टीभीमा सधैं नेताहरुका पछाडि अक्सर देखिने धमला छोरी र श्रीमतीका साथ अनवरत मुस्कान छाड्दै विशेषरुपमा सजाइएको मञ्चमा उभिएका थिए । धमला पत्नी एलिजा गौतम दुलही जसरी सिंगारिएर बसेकी थिइन् । आगन्तुकहरुले पालैपालो मञ्चमा आएर बालिकालाई टीका लगाई हातमा खाम राखिदिए । उनीहरुले ऋषि दम्पत्तिलाई बधाइ दिए ।
ऋषिले पार्टीका लागि प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निम्तो पठाएका थिए । सहभागी एक पत्रकारका अनुसार कम्तिमा १५ सय व्यक्तिहरु पार्टीमा आए । भोज भतेरका लागि सामाजिक व्यवहार सुधार ऐनले तोकेको संख्याबारे त्यहाँ कुनै मतलव गरिएन ।
पार्टीमा नेपाली खानाका साथमा मासुका विभिन्न परिकारहरु उपलब्ध थिए । हार्ड ड्रिंक्स भने नराखिएको पार्टीमा सहभागी एक पत्रकारले जानकारी दिए ।
दुई साताअघिमात्रै घर जल्दा ५ लाख क्षति भएको बताउने धमलाले पास्नीमा खर्च कति भयो र यसको स्रोत के हो भन्ने विवरण सार्वजनिक गरेका छैनन् ।




Ą
https://www.flickr.com/photos/spklg/15211044551/