Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपालले पपुवा न्युगिनीलाई २३३ रनको लक्ष्य दियो (LIVE भिडियो)

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २३३ रनको लक्ष्य दिएको छ।
 
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो।
 
नेपालका लागि शरद भेसवाकरले सर्वाधिक ७८ रन बनाए।  ८२ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए। यस्तै ओपनर सुवास खकुरेलले ६३ रन बनाए। १०४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।
ओपनर अनिल मण्डल पहिलो बलमा नै आउट भएका थिए। यस्तै कप्तान पारस खड्का ६ रन बनाउँदा क्याच आउट भए। ज्ञानेन्द्र मल्लले २३ रन जोडे।
मेहबूब आलमले ३ रन बनाए। बसन्त रेग्मी नटआउट २४, सागर पुनले १०, र सोमपाल कामीले ८ रन जोडे।
 
अपडेट
***
  • ४९ ओभरको तेस्रो बलमा ८औ विकेटका रूपमा नेपालले शरद भेसवाकरलाई गुमायो। उनले ८२ बल खेल्दै ५ चौका ७८ रन बनाए।
  • ४१ ओभरको चौथो बलमा मेहबुब आलम आउट भएका छन्। उनले ९ बल खेल्दै ३ रन बनाएर आउट भए।
  • ३९ ओभरको पाँचौ बलमा सोमपाल कामी आउट भएका छन्। उनले १५ बल खेल्दै ८ रन बनाए।
  • ३४ ओभरको पाँचौ बलमा सुबास खकुरेल आउट भए। उनले १०४ बल खेल्दै २ चौकासहित ६३ रन बनाए।
  • २२ ओभरको तेस्रो बलमा कप्तान पारस खड्का आउट भए। उनले १६ बल खेलेर ६ रन बनाए।
  • १८ ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। उनले २६ बल खेल्दै २ चौकासहित २३ रन बनाए।
  • सातौ ओभरको अन्तिम बलमा सागर पुन आउट भएका छन्। उनले २३ बल खेल्दै २ चौकासहित १० रन बनाए। 
  • पहिलो ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाएर ५ रन। सागर पुन ४, र सुवास खकुरेल शून्य रनमा खेल्दै। ओपनर अनिल मण्डल पहिलो बलमै आउट भए। उनी नोर्मान भानुवाको एलबिडब्लु धरापमा परे।
च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्।
नेपाल जुलाईमा स्कटल्यान्डसँग दुवै एकदिवसीय खेलमा पराजित भएको थियो। पीएनजीले पनि नेदरल्यान्ड्समा पहिलो दुई खेलमा पराजित भएको थियो।
दुवै राष्ट्र अंक तालिकाको पुछारमा छन्।
च्याम्पियनसिपको ८ मध्येको शीर्ष ६ टिमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
यसअघि स्कटल्यान्डसँगको दुई खेलअन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार बेहोरेको थियो।
त्यस्तै, नेदरल्यान्ड्समा भएको पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवा न्युगिनी पनि अङ्कविहीन छ । पपुवा न्युगिनी नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ८५ रनले हार भोगेको थियो ।
नेपाल यसअघि भएको आइसिसी विश्व लिग क्रिकेट डिभिजन टू मा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उक्त प्रतियोगिताको लागि छनोट भएको थियो । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, सरद भेषवाकर, शक्ति गौचन, महेश क्षेत्री, करण केसी, पृथु बास्कोटा, इर्साद अहमद, विक्रम सोब, नरेश बुढाऐर, महबुब आलम, सुवास खकुरेल, अनिल मण्डल र वसन्त रेग्मी छन्।अहमद र सोबले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्न लागेका हुन्।
प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङ्कङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/