Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भेष्वाकरको उत्कृष्ट प्रदर्शन, पपुवान्युगिनी विरुद्ध नेपालको २ सय ३३ रनको लक्ष्य

अबुधावी – शरद भेष्वाकरको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले अबुधावीमा जारी आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनसीपमा पपुवान्युगिनीविरुद्ध २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भेष्वाकरले ७८ रनको योगदानको मद्दतले नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो ।
टस जितेर शेख जायेद स्टेडियममा ब्याटिङ गर्ने निर्णय गरेको नेपालको शुरुवात भने राम्रो भएन । नेपालले पहिलो बलमा नै अनिल मण्डललाई गुमाएको थियो । त्यस्तै आठौं ओभरमा नेपालले २९ रनको स्थितिमा सागर पुनलाई गुमाउन पुग्यो । त्यसपछि ज्ञानेन्द्र मल्ल (२३ रन) र सुवास खकुरेलसँग मिलेर नेपालको इनिङ्ग सम्हाले । खकुरेलले १०४ बलको समाना गर्दै ६३ रन बनाए ।
कप्तान पारस खड्का ६ रनमा आउट भएपछि नेपाल निकै दबाबमा देखिएको थियो । तर, शरदले ८२ बलमा ७८ रन बनाएपछि नेपालले २ सय रन बनायो । उनी खेलको अन्तिम ओभरमा आउट भए । बसन्त रेग्मीले २४ पनि रनको योगदान दिए ।
पपुवान्युगिनीका असाद भालाले ३ विकेट लिए भने लागि माहुरु डाईले २ विकेट लिए

Ą
https://www.flickr.com/photos/spklg/15211044551/