Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

DNN@Ground Zero : प्रधानमन्त्रीलाई मधेसी जनताको प्रश्न : हामी कसरी भारतीय गुण्डा भयौं ?

सर्लाही– नवलपुरबाट मलंगवा जाने बाटोमा पर्ने हरिपुर गाविसका वैजनाथ दास ‘मिनरल वाटर’को बोत्तलमा पेट्रोल भरेर बेच्दै थिए । उनलाई मधेस आन्दोलनको सामान्य जानकारी छ । लामो समयदेखी चल्दै आएको मधेश आन्दोलनले उनको दैनिक किसान जीवनलाई प्रभावित पारेको छ । यस्तो अवस्था आउनुमा उनले प्रधानमन्त्री केपी ओलीलाई दोषी देखाए । भने, ‘ओलीले गोली चलाउन मात्र जानेका छन् । समस्या समाधान गर्न जानेको देखिएन ।’
सर्लाही गमरियाका ५५ बर्षीय नागेश्वर राय यादव पनि प्रधानमन्त्रीप्रति उत्तिकै आक्रोशित थिए । उनले भने, ‘मधेसीले अधिकार माग्दा जनता मार्नेले कसरी समस्या समाधान गर्छ भनेर पत्याउने ? ओलीकौ कारण यो आन्दोलन अझै लामो समय चल्छजस्तो लाग्छ ।’ उनले बोल्दै गर्दा नजिकैको सडकमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला बनाएर ठड्याइएको थियो ।

madhesh protest (6)
दास र यादवजस्तै धेरै मधेसी जनता प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखिरहेका भेटिन्छन् । मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत असोजमा मानव साङ्लो प्रदर्शन गरेको थियो । हजारौं सर्वसाधारण सहभागी उक्त मानव साङ्लोलाई प्रधानमन्त्रीले ‘माखे साङ्लो’ भनेदेखि नै उनीप्रति जनता असन्तुष्ट भएको स्थानीय बताउँछन् । मधेस आन्दोलन क्रममा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोलीबाट दर्जनौं मारिएपछि त मधेसी जनता आक्रोशित हुने नै भए । स्थानीय विश्लेषक काशिन्द्र यादव भन्छन्, ‘प्रधानमन्त्रीले मधेशका जनतालाई माखा शब्द प्रयोग गरेर जसरी होच्याउनु भयो, जनताले त्यसलाई पचाउन सकेनन् ।’ प्रधानमन्त्रीको छुच्चो स्वभावका कारण तराई–मधेशमा एमाले विरोधी भावना बढ्दै गएको उनको तर्क छ । मधेसको आन्दोलन राजनीतिक भएकाले राज्यको कार्यकारी तहमा बसेका व्यक्तिले मनलाग्दी बोल्दा हिंसा अझ भड्कन सक्ने तर्क छ विश्लेषक काशिन्द्र यादवको ।
????????????????????????????????????
पूर्वप्रधानमन्त्री माधव नेपालको रौतहटस्थित घरमा आक्रमण हुनुले उनको तर्कलाई पुष्टि गर्छ । नेकपा (एमाले) सिराहाका अध्यक्ष प्रमोद यादव यो कुरा स्वीकार्छन् । उनी भन्छन्, ‘मधेसमा एमालेप्रतिको दृष्टिकोण नकारात्मक बन्दै गएको सत्य हो ।’
सद्भावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिंह मधेशी समुदायलाई प्रधानमन्त्रीले ‘विहार र युपीका हुन्’ भनेपछि आक्रोश बढेको बताउँछन् । उनी भन्छन्, ‘मधेस नेपालको, अनि जनता कसरी युपी विहारको हुन्छ ? यसको जवाफ ओलीले दिनुपर्छ ।’
जनकपुरको रामानन्द चोकमा भेटिएका संघिय समजवादी फोरमका केन्द्रीय सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीलाई आफ्नो विगत सम्झन आग्रह गरे । ‘झापा आन्दोलनबाट यहाँसम्म आएका ओली आन्दोलनको मैदानमा हुँदा हामी पनि सँगै थियौं । त्यतिबेला ओली के चाहन्थे, अहिले के गर्दै छन्, यो उनले पनि सोच्नुपर्ने होे’, उनले भने ।
आन्दोलनमा प्रधानमन्त्री ओलीविरोधी नारा लाग्ने गरेको इन्सेकका धनुषा जिल्ला प्रतिनिधि विनोद महरा बताउँछन् । उनी भन्छन्, ‘जुलुसमा प्रधानमन्त्रीलाई गाली गरिएको सुनिनु सामान्य भइसकेको छ । अझ चिया पसलमा त अश्लील गालीसमेत सुनिन्छ ।’ त्यस्तो गाली गर्नुको कारण प्रधानमन्त्रीको अभिव्यक्ति नै भएको आन्दोलनकारीको तर्क छ । आन्दोलनमा सक्रिय रूपनारायण मण्डल भन्छन्, ‘काठमाडौंमा बसेर हामीलाई भारतीय गुण्डा भन्न मिल्छ ?’ आफ्ना पितापुर्खा बर्षौंदेखि नेपालमै बसेको उल्लेख गर्दै मण्डलले भने, ‘प्रधानमन्त्रीलाई मेरो प्रश्न छ– हामी कसरी भारतीय गुण्डा भयौं ?’
????????????????????????????????????
(फोटो : अशोक दुलाल)
Ą
https://www.flickr.com/photos/spklg/15211044551/