Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अवैध रुपमा नेपाल पसेका १३ भारतीय सुरक्षाकर्मी छोडिए

झापा— अवैध रुपमा नेपाली भूमि प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका १३ सुरक्षाकर्मी दुई पक्षबीचको छलफलपछि आइतबार दिउसो १ बजे छोडिएका छन्।
अनुसन्धानपछि उनीहरुलाई भारतीय पक्षको जिम्मा लगाइएको घटनास्थलबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले बताएका छन्।

'उनीहरु किन नेपाल आए भनेर सोधपुछ गर्ने काम भयो', निरौलाले नागरिकन्युजसँग भने, 'भारतीय पक्षसँग छलफल गरी उनीहरुलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।'

बिहारसँग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। आइतबार बिहान नेपाली भूभाग प्रवेश गरेका उनीहरुलाई केचना स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए।

पक्राउ परेकामध्ये चार जनासँग अत्याधुनिक राइफल समेत बोकेर नेपाल प्रवेश गरेका थिए।

यसअघि हतियारधारी एसएसबी टोली सुनसरीको हरिपुर(७ प्रवेश गरी गोली चलाउँदा ४ नेपाली घाइते भएका थिए।
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/