Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

जनकपुरमा आन्दोलन सशक्त बनाउँदै मोर्चा

मंसिर ७, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनलाई अझ सशक्त बनाउँदै राजमार्ग तथा नाकावन्दीलाई कडा पारेको छ । भारतीय नाकाबाट भित्रिने मोटरसाइकल र साइकलहरुको सघन तलासी लिन थालिएको छ । पूर्व-पश्चिम राजमार्गको ढल्केवर, बिरेन्द्रवाजारलगायतका क्षेत्रमा घरना दिइदैछ ।
मोटरसाइकल र साइकल मार्फत डिजल, पेट्रोललगायतका सामान भित्रिएको गुनासोलाई दृष्टिगत गरी सीमानाकामा कडाई गरिएको सदभावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले जानकारी दिए । यस बीच भारतबाट डिजल बोकेर ल्याउँदै गरेको ज १ प ९३५५नम्बरको मोटरसाइलमा देवडीहाका स्थानीयवासीले नियन्त्रणमा लिई आगजनी गरेका छन् । यसै गरी पूर्व पश्चिम राजमार्गको ढल्केवर खण्डमा वा ३ च ३६६५नम्बरको जीपमा समेत तोडफोड गरिएको छ ।
मधेस आन्दोलनको सय दिन पूरा भएको अवसरमा सोमवार अपरान्ह १ वजे जानकी मन्दिरमा मौन सभा आयोजन गरिएको थियो । आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्मानमा ५ मिनेट मौन धारण गरिएको थियो ।
शनिवार र आइतवार सप्तरीमा भएको प्रहरी दमनपछि जनकपुरका युवाहरु आक्रोशित बनेका छन् । उनीहरु नगरको चोक चोकमा टायर बाली प्रदर्शन गर्दैछन् ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/