Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अान्दाेलनकारीले बाटाे नछाेड्दा बिरामी बालकको एम्बुलेन्सभित्रै मृत्यु

उदयपुर— मधेस आन्दोलनकारीले सडक अबरुद्ध गरेका कारण एक नाबालकको अकालमै मृत्यु भएको छ। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १५ शाहीखोला घर भई निमोनियाले थलिएका दुई महिने नाबालक लालबहादुर बुढाथोकीको उपचारका लागि विराटनगरतर्फ लाने क्रममा आन्दोलनकारीले सडक अवरुद्ध पारेका कारण सोमबार विहान बाटैमा मृत्यु भएकाे हाे।
दुई दिनयता निमोनियाले च्यापेका नाबालकलाई जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ ल्याएकोमा नसक्ने भन्दै विहान ४ः०० बजे अन्यत्र लान रिफर गरेको थियो। आफन्तले ४ः२० बजे स १ च ६५९ नम्बरको एम्बुलेन्समार्फत विराटनगरको नोबेल अस्पतालतर्फ उपचारार्थ लाँदै गर्दा सप्तरीका बिभिन्न ठाउँमा आन्दोलनकारीले गरेको सडक अवरुद्धका कारण सुनसरीको हरिपुर पुगेपछि नाबालकको मृत्यु भएको आफन्त राजन ढकालले बताए ।

एम्बुलेन्स चालक राजा मियाँका अनुसार अस्पतालले रेफर गरेलगत्तै हिँडाएको विरामी १० नबज्दै हरिपुर पुगेका थिए। त्यहाँ अान्दाेलनकारीले सडक अवरुद्ध गरेका थिए। एक घन्टाभन्दा बढी समयसम्म एम्बुलेन्सलाइ बाटाे नछाेडेपछि ११ बजे विरामीको मृत्यु भएको हो। अस्पतालबाट हिँडाउँदा धेरै सारो नभए पनि बाटोमा जाँदाजाँदै सिकिस्त हुँदै गएका नाबालकलाई एकघण्टा जाममा राख्नुपर्दा मृत्यु भएको चालक मियाले बताए।

नाबालकको मृत्युपछि परिवारका सबै बेहोस् भएका छन्।
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/