Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतीय नाकाबन्दीको उपचार खोज्दै ७० वर्षीय वैद्य सडकमा उत्रिए (फोटो तथा भिडियो)

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नाकाबन्दीका विरुद्व भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष वैद्यको नेतृत्वमा गएका शीर्ष नेताहरुसहितको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको राष्ट्रियताको ख्याल नगरे भारतले बल मिच्याईं गरेर नाकाबन्दी गरेको भन्दै तत्काल खोल्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि नेताहरुले २ घण्टा धर्ना बसेर भारतीय कदमको विरोध गरेका थिए । ज्ञापनपत्र बुझाएपछि अध्यक्ष वैद्यले विभिन्न समयदेखि भारतीय हस्तक्षेप हुँदै आएको र अहिले पनि त्यस्तो हस्तक्षेप कायम रहेकाले विरोध पत्र बुझाइएको बताए ।
उनले भारतबाट पारवहन अधिकारअनुसार नेपालले यातायात सुविधा पाउनुपर्ने भएपनि भारतले त्यसलाई कुण्ठित गरेको बताए । ‘नेपालले भारतसँग दानमा होइन, किनेर पेट्रोलियम पदार्थ ल्याउने हो,’ वैद्यले भने ।
सो पार्टीले नाकाबन्दीका विरुद्वमा सिंहदरबार धर्नादेखि विरोध प्रदर्शनका कार्यक्रम तय गरिसकेको छ ।





Ą
https://www.flickr.com/photos/spklg/15211044551/