Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सप्तरी नियन्त्रणबाहिर, कर्फ्यु उल्लंघन

दुई जनाको ज्यान जाने गरी राज्यपक्षले गोली चलाएको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तनाव बढाएका छन् । कार्यकर्ता मृत्युको बिरोधमा सप्तरी अहिले तनावग्रस्त बनेको छ, ठाउँ–ठाउँमा झडप भइरहेको स्थानीय सञ्चारकर्मी तथा नेताहरूले जानकारी दिएका छन् । 
 
स्थानीय प्रशासनले विहान ६ बजेदेखि कर्फ्यु लगाएको छ तर मोर्चा कार्यकर्ता कर्फ्यु उल्लंघन गरी प्रदर्शन गरिरहेका छन् । सप्तरीको भारदह, रुपनी र राजविराजमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
ती स्थानमा टायर बालेर मोर्चा कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । यद्यपि, सरकारपक्षले भने सप्तरीको स्थिति आफ्नो नियन्त्रणमै रहेको जिकीर गरेको छ ।   ‘सप्तरीका धेरै ठाउँ नियन्त्रणबाहिर छन्, घरबाट बाहिर निस्किने स्थिति छैन,’ सप्तरीबाट पत्रकार जितेन्द्र खड्काले सेतोपाटीसँग भने, ‘सरकारी पक्षले बढी बल प्रयोग गरेको बिरोधमा ठाउँ–ठाउँमा मोर्चा कार्यकर्ता उत्रिएका छन्, झडप जारी छ ।’ 
 
उनका अनुसार शनिबार राति रुपनी र भारदहमा मोर्चा कार्यकर्ताले स्कर्टिङलाई बाधा पुर्‍याउने क्रममा दोहोरो झडप सुरु भएको थियो, अहिले पनि जारी छ । पूर्वयोजनाअनुसार मोर्चा कार्यकर्ता स्कर्टिङलाई बाधा पु¥याउन उत्रिएका थिए । खड्काका अनुुसार राति साढे १० बजेबाट झडप सुरु भएको थियो । 
 
भारदहको झडपमा डाहा गाविस वडा नंं. ७ का १८ वर्षीय वीरेन्द्र रामको मृत्यु भएको थियो । रुपनीमा प्रहरीले चलाएको गोली लागेर जमुनी मध्यपुरा गाविस वडा नं. ७ का नागेश्वर यादवको मृत्यु भएको थियो । भारदह र सप्तरीमा १३ जना गम्भीर घाइते छन्, उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
सप्तरीका विभिन्न १८ गाविसबाट आन्दोलनकारी राति राजमार्ग उत्रिएका थिए । सयौंको संख्यामा रहेका आन्दोलनकारीले राजमार्गमा अवरोध सिर्जना गरेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको सञ्चारकर्मी खड्काले जानकारी दिए । 
 
भारदहको झडपमा ९ जना र रुपनीको झडपमा ४ जना घाइते थिए । ती घाइतेहरू अधिकांशलाई गोली लागेको छ । घटनामा सशस्त्र र जनपथ प्रहरीका २५ जना सामान्य घाइते छन् । 
भारदहको कङ्काली माध्यमिक विद्यालय अगाडि प्रहरीसँग झडप हुँदा तीन जना कार्यकर्ता ढलेका थिए । उनीहरूको स्थिति खुल्न सकेको छैन । साढे १० बजेबाट सुरु भएको तनाव विहानसम्म पनि जारी थियो र अहिले पनि तनावै रहेको स्थानीयले जनाएका छन् । 
 
सद्भावना पार्टी नेपाल गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले राज्यपक्षबाट अत्यधिक बल प्रयोग भएको जानकारी दिएका छन् । ‘आन्दोलनकारी एकतर्फी रुपमा घाइते छन्, राज्यपक्षतिर क्षति छैन,’ तिवारीले भने, ‘राज्यपक्षले अत्यधिक दमन गरेको छ ।’ 
 
प्रहरीले भने राजमार्ग खुलाउने क्रममा दोहोरो झडप भएको र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताएको छ । ‘कर्फ्यु को स्थिति छ, अहिले स्थिति हाम्रो नियन्त्रणमा छ,’ पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव जोशीले भने, ‘दुबैतर्फ क्षति हो, हामीले जबरजस्ती बल प्रयोग गरेको छैन ।’ शनिबार रातिदेखि नै सवारीसाधनको स्कर्टिङ रोकिएको छ। 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/