Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

शाहरुख खान देशद्रोही : भाजपा नेता

कार्तिक १८, २०७२- भारतीय सत्तारुढ दलका एक नेताले बलिउड सुपरस्टार शाहरुख खानलाई देशद्रोही बताएका छन् । भाजपाका महासचिव कैलाश विजयवर्गियाले शाहरुखलाई देशद्रोही भनेका छन् भने सांसद् योगी आदित्यनाथले शाहरुखको भनाई पाकिस्तानी आतंकवादीको जस्तो भएको बताएका छन् ।

भारतमा धार्मिक अहिष्णुता बढिरहेको र यो जति खराब केही नहुने भनेर शाहरुखले भनेको भनाईलाई लिएर भाजपाका नेताहरुले सुपरस्टारको आलोचना गरेका हुन् । भाजपाकै अर्की नेतृ साध्वी प्राचीले पनि शाहरुखलाई पाकिस्तानी एजेन्टको आरोप लगाएकी छन् ।
आफ्नो भनाईबारे आलोचना हुन थालेपछि महासचिव कैशालले आफ्नो भनाईको गलत व्याख्या गरिएको भन्दै त्यो भनाई फिर्ता लिएको बताएका छन् ।
धार्मिक अहिष्णुता बढेको भन्दै लेखक कलाकारहरुले सरकारले लिएका अवार्डहरु फिर्ता गरिरहेका छन् । यसै क्रममा शाहरुखले आफ्नो जन्मदिनमा धार्मिक सहिष्णुताको वातावरण खल्बलिएको बताएका थिए ।

प्रकाशित: कार्तिक १८, २०७२


News from: kantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/