Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

क्यामरुन-मोदी भेटमा नाकाबन्दीलाई एजेन्डा बनाउन बेलायती सांसदको पत्र

  • बेलायत भ्रमणका बेला नेपालीहरुले मोदीको विरोध गर्ने
नवीन पोखरेल, लन्डन
कार्तिक १८, २०७२- बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् । 
शर्माले क्यामरुनलाई एक पत्र पठाउँदै भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आसन्न भेटका अवसरमा नेपालको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी १२ नोभेम्बरका दिन लन्डन उत्रदैंछन् । 
प्रधानमन्त्री क्यामरुनले पत्र प्राप्त गरिसकेको जवाफ दिएको जनाउँदै सांसद शर्माले भारतलाई नेपालसँगको पुरानो ऐतिहासिक सम्बन्ध नबिगार्न समेत अनुरोध गरेका छन् । भारतीय मुलका बेलायती सांसद शर्माले मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवर्धन कार्यक्रममा नयाँ संविधान जारी भएकामा नेपाललाई बधाई पनि दिए । उनले लामो समयको छलफलपछि नयाँ संविधान जारी हुनु देशको ठूलो उपलव्धि भएको भन्दै सरहाना समेत गरेका छन् ।   
यसैबीच, तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । 
प्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।
उता, समितिबाहेक बेलायतस्थित नेपाली विद्यार्थीहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् । फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै ति युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

मोदीको बेलायत भ्रमणका अवसरमा भारत र ब्रिटेनबीच व्यापार तथा आर्थिक विकासबारे सम्झौता हुने अपेक्षा गरिएको छ । मोदीले बेलायती संसदमा सम्वोधन गर्ने कार्यक्रम रहेको अखवारहरुले जनाएका छन् । उनले बेलायती समकक्षी डेभिड क्यामरुनसँग भेटवार्ता र रात्रीभोज गर्नुका साथै बेलायती महारानी एलिजावेथसंग दिवा भोज गर्ने कार्यक्रम छ । साथै मोदीले वेम्ली स्टेडियममा करिव ५५ हजार सहभागी भारतीय डायस्पोरालाई सम्वोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।
प्रकाशित: कार्तिक १८, २०७२

Ą
https://www.flickr.com/photos/spklg/15211044551/