गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले शपथ लिनुअघिसम्म म निजी टेलिभिजनमा क्यामेरा पर्सनका रुपमा कार्यरत थिएँ । उहाँ राष्ट्रपतिमा चयन हुनुअगावै मैले कांग्रेस महामन्त्रीका रूपमा उहाँको अन्तर्वार्ता क्यामेरामा कैद गर्ने मौका पाइसकेको थिएँ । आफैँले अन्तर्वार्ता रेकर्ड गरेको व्यक्ति गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुँदा नै म निकै खुसी थिएँ । राष्ट्रपति चयन हुनुभएको केही हप्ताभित्रै मैले उहाँलाई राष्ट्रपतिको निजी निवासमा भेटेर बधाइ अनि कार्यकालको सफलताको शुभकामना दिएँ । मलाई भेट्नासाथ निकै खुसी हुनुभएका उहाँले तत्कालै जागिरका लागि प्रस्ताव गर्नुभयो । नसोचेको प्रस्ताव आउँदा म छक्क थिएँ । उहाँले भन्नुभयो, ‘तत्काल बायोडाटा टाइप गर्नुस् । बाँकी प्रक्रिया पछि ।’ भेटघाटको झन्डै दुई सातापछि मलाई राष्ट्रपति कार्यालयबाट फोन आयो । राष्ट्रपतिको अफिसमै गएँ र उहाँलाई भेटेँ । त्यसै दिनबाट मेरो जागिर राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा सुरु भयो । व्यावसायिक पत्रकारिता गर्दै थुप्रै विवादास्पद फोटोहरू खिच्ने बानी परे पनि त्यहाँ सुरक्षा व्यवस्था निकै कडा भएकाले मैले औपचारिक तस्बिर मात्रै खिच्नुपर्ने थियो । मलाई एक वर्ष त्यहाँको कठीन सुरक्षा व्यवस्था र औपचारिक फोटो मात्रै खिच्नुपर्ने प्रावधानले निकै गाह्रो भयो । सुरुवातमा राष्ट्रपतिका लागि निजी फोटोग्राफरको व्यवस्था नभए पनि उहाँले फोटोग्राफरको आवश्यकता मनन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गराउँदै मलाई यो जिम्मेवारीमा तय गर्नुभएको रहेछ । देशका लागि राष्ट्रपति पद नै नौलो भएको अवस्थामा कर्मचारीका लागि आवश्यक नीति–नियम बनिसकेको थिएन । राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा म नियुक्त भए पनि राष्ट्रपति कार्यालयको बेग्लै क्यामेरा समेत थिएन । सुरुवाती दिनमा सानो डिजिटल क्यामेरा मागेरै काम चलाएँ । सौभाग्यवश, त्यतिबेलासम्म ठूला कार्यक्रम पनि आयोजना भएका थिएनन् । राष्ट्रपतिले गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री प्रचण्ड र सभामुख सुवास नेम्वाङलाई शपथ गराउँदासम्म म यस पदमा थिइनँ । राष्ट्रपति कार्यालयमा मैले जिम्मेवारी सम्हालेपछिको पहिलो ठूलो कार्यक्रम ०६५ सालको दशैँ रह्यो । तर दशैँमा पनि राष्ट्रपति कार्यालयले मलाई क्यामेरा दिएको थिएन । दशैँमा मैले क्यामेरा भाडामा लिएर उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्मले राष्ट्रपतिबाट टीका ग्रहण गरेका तस्बिर कैद गरेँ । मैले फिल्म खिच्ने उद्देश्य लिएको थिएँ, तर राष्ट्रपतिको निजी फोटोग्राफर हुन्छु भन्ने सपना समेत देखेको थिइनँ । फिल्ममा क्यामेरा चलाउने प्रशिक्षण लिन मुम्बईसम्म पुगेको थिएँ । त्यसैले भिडियोग्राफीबाट फोटोग्राफीमा प्रवेश गर्दाका सुरुवाती दिन केही कठीन र चुनौतीपूर्ण थिएँ । त्यसमाथि राष्ट्रपति कार्यालयमा फोटो खिच्नु चानचुने विषय होइन, यहाँ अनेक मर्यादा र नीति–नियमलाई ख्याल गर्दै देशको सर्वोच्च निकायको इज्जत राख्नुपर्ने चुनौती हरबखत रहन्छ । फोटोग्राफरले कुनै गल्ती गर्दा केवल राष्ट्रपति वा कुनै संस्था मात्रै नभएर सम्पूर्ण देशकै बद्नाम हुने त्रास रहन्छ । राष्ट्रपति कार्यालयमा मैले फोटोग्राफरको मात्रै काम गरिनँ । अरु साथीको अनुपस्थितिमा उहाँको स्वकीय सचिवालयमा पिएको जिम्मेवारी समेत सम्हालेँ । राष्ट्रपतिका लागि फोन उठाउँदा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको फोन आउँथ्यो । त्यसको जानकारी राष्ट्रपतिलाई दिनुपथ्र्यो । प्रायः बिहान ९ बजेदेखि ११ बजेसम्म राष्ट्रपतिको सर्वसाधारणसँग भेट गर्ने कार्यतालिका थियो । त्यतिबेला आउने सबैले राष्ट्रपतिसँग फोटो खिच्ने इच्छा राख्थे । कामको दबाब निकै हुन्थ्यो । त्यसपछि ११ बजेदेखि शीतलनिवासमा कार्यतालिका अनुसार देशका विशिष्ट व्यक्तिको भेटघाट र औपचारिक कार्यक्रमहरूमा राष्ट्रपति सरिक हुने कार्यक्रम रहन्थ्यो । कहिलेकाहीँ राष्ट्रपति स्वयंलाई क्यामेराका फ्ल्यास धेरै चलेको मन पर्दैनथ्यो । हास्दैँ उहाँ भन्नुहुन्थ्यो, ‘ रेडी नभनीकनै फोटो खिच्नुहुन्छ । तपाईं कस्तो फोटोग्राफर ! रेडी भन्नुस् ।’ बिहान घरबाट कार्यक्रमस्थलमा पुग्न मलाई मोटरसाइकल जरुरी थियो । मैले आफ्नो आवश्यकता सीधै राष्ट्रपतिसामु व्यक्त गरे । उहाँले हाँस्दै जवाफ फर्काउनुभयो, ‘मोटरसाइकल होइन, साइकलमा हिँड्नुस् । स्वास्थ्यका लागि त्यो फाइदाजनक छ ।’
उहाँले यस्तो बताए पनि पछि राष्ट्रपति कार्यालयले कामको महत्त्व हेरेर मोटरसाइकल उपलब्ध गरायो । मेरो बुझाइमा राष्ट्रपति देशको ढुकुटीको सधैँ सदुपयोग गर्नुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो । संवेदनशील र देशकै सर्वोच्च व्यक्तिको निवास भएका कारण राष्ट्रपति कार्यालयको सुरक्षा व्यवस्था सधैँ कडा हुनु स्वाभाविक थियो । सात वर्षसम्म उहाँसँग नजिक रहँदा मैले कहिल्यै उहाँ रिसाएको देखिनँ । कहिलेकाहीँ कुरा गर्ने मौका मिल्दा उहाँले कामका लागि ऊर्जा दिनुहुन्थ्यो । सुरुवातमा मलाई नियुक्त गर्दा एकदेखि दुई वर्षसम्म मेरो कार्यकाल छ । संविधान बनेपछि तपाईंले पनि छुट्टी पाउनुहुन्छ अनि स्टुडियो खोल्नुस् भन्नुहुन्थ्यो । सुरक्षाकर्मीले फोटो खिच्न नदिँदा कैयौँपटक उहाँ भन्नुहुन्थ्यो, ‘उहाँको काम नै यही हो । खिच्न दिनुहोस् ।’
निजी मिडिया हाउसमा काम गर्दा र राष्ट्रपतिको निजी फोटोग्राफर हुँदा नेताहरूले गर्ने रेस्पोन्समा मैले निकै फरक पाएँ । राष्ट्रपतिको निजी फोटोग्राफर भएपछि सबै दलका नेतासँग नजिक हुने मौका मिल्यो । सेडुयलअनुसार मात्रै औपचारिक फोटो खिच्नु मेरो पेसाभन्दा फरक विषय थियो । तर, राष्ट्रपति कार्यालयमा काम गर्न पाएको हुँदा त्यस्ता प्रत्येक फोटोको महत्त्व बेग्लै हुन्थ्यो, अहिले पनि ती औपचारिक क्षण मिस गर्छु । निवासमा रहँदा प्रचण्ड, झलनाथ, माधव नेपाललगायत पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताको आवतजावतलाई प्रत्यक्ष नियाल्न र कहिलेकाहीँ औपचारिक कार्यक्रमका दौरान लेन्समा कैद गर्न समेत पाइन्थ्यो ।
राष्ट्रपति कार्यालयमा मैले खिचेका यी तस्बिर सधैँ सम्झनामा रहनेछन्
राउटेदेखि एचआइभी एड्स लागेका बालबालिकासँग देशकै सर्वोच्च व्यक्तिले अँगालो मारेको तस्बिर क्यामेरामा कैद गर्न पाउनु चानचुने कुरा थिएन । यस्ता तस्बिर खिच्न पाउँदा मलाई अहिले पनि गर्व लाग्छ । जनआन्दोलनका घाइतेदेखि अपांग तथा विभिन्न स्कुलेविद्यार्थी समेत राष्ट्रपतिलाई भेट्न आउँथ्ये र मैले तस्बिर लिने गरेको थिएँ । मुलुककै प्रथम महिला राष्ट्रपति तथा दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ ग्रहणका तस्बिर कैद गर्न पाउनु मेरा लागि गर्वको विषय हो । डाक्टर रामवरण यादव राष्ट्रपति छँदा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्राई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओलीसम्मको शपथ ग्रहणको तस्बिर कैद गरेँ । यी तस्बिरलाई दुलर्भ तस्बिरका रुपमा मैले लिएको छु । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र वर्तमान सभामुख ओनसरी घर्तीमगरदेखि प्रधानसेनापति तथा विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्दाका तस्बिर कैद गरेँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आफैँमा ठूलो विषय थियो । लामो अन्तरालपछि भारतका प्रधानमन्त्री नेपाल आएका थिए । त्यतिबेला राष्ट्रपति कार्यालयमा दिवाभोज आयोजना गरियो । दिवाभोजपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामूहिक फोटोको प्रस्ताव राख्नुभयो । मैले फोटो खिचेँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता र अन्य विशिष्ट अतिथिसहितको यो तस्बिरको माग धेरै भयो । राष्ट्रपति कार्यालयबाटै हामीले थुप्रै फोटो छापेर वितरण गर्यौँ । तत्कालीन श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजपाक्षे दुईपटक नेपाल भ्रमणमा आउँदा उहाँसँग पनि यस्तै ऐतिहासिक तस्बिर कैद गर्ने मौका मिल्यो । नेपाल भ्रमणमा आएका विश्वचर्चित व्यक्तित्वहरू फिफा अध्यक्ष सेप ब्लाटर, कतारका राजकुमार अल वालेद विन तलाल, भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी, कलाकार गोविन्दा, अमोल पालेकर लगायत विश्वचर्चित खेलाडी तथा कलाकारले राष्ट्रपतिसँग खिचाएका तस्बिर कैद गरेँ ।

खिच्न नपाएका तस्बिर
भूकम्पपछि राष्ट्रपति कार्यालय नराम्ररी हल्लियो । कार्यालयभित्र कोही बस्न सक्ने अवस्था थिएन । एउटा फोटोग्राफरका नाताले यी तस्बिर महत्त्वपूर्ण हुन सक्थे । तर, राष्ट्रपति कार्यालयको कर्मचारी भएका कारण देशको प्रतिष्ठाका लागि यस्ता तस्बिर खिच्न र सार्वजनिक गर्न राम्रो हुने थिएन । त्यसैले यी तस्बिर खिचिनँ । दुई महिनाजति राष्ट्रपति टेन्ट बाहिरै बस्नुभयो । यो समाचार प्रमुख अखबारका हेडलाइन्स समेत बने । तर, राष्ट्रपति टेन्टमा बसेको तस्बिर खिच्न मिल्दैनथ्यो । देश भूकम्पले आक्रान्त बनेका बेला सस्तो फोटो खिचेर प्रचारबाजी गर्नु न व्यक्तिगत रुपमा मेरा लागि राम्रो हुने थियो, न त राष्ट्रपति कार्यालयको कर्मचारी भएका नाताले मैले संस्थाको प्रतिष्ठा र मर्यादा भुलेर यस्तो काम गर्न सक्थें । राष्ट्रपति कार्यालयमा खाना खाएको र अन्य सामान्य क्रियाकलापका तस्बिर खिच्न मिल्दैन । संवदेनशील र सम्मानित स्थान भएका कारण यो संस्थाको गरिमा राख्न पनि औपचारिक तस्बिरहरू मात्रै खिच्नुपर्ने हुन्छ ।

मिसन सफल भएपछि अझै खुसी लाग्यो
राष्ट्रपतिले एक वा दुई वर्षमै कार्यकाल सकिन्छ र फोटो स्टुडियो चलाउनुस् भनेको कुरा अझै सम्झन्छु । तर विभिन्न घटनाक्रमका कारण राष्ट्रपतिको कार्यकाल सात वर्षसम्म लम्बियो । ढिलै भए पनि संविधान जारी भएपछि राष्ट्रपति आफ्नो जिम्मेवारीबाट मुक्त हुनुभयो । राष्ट्रपतिको सहयोगी बनेर कार्यरत हामी सबै कर्मचारी निकै खुसी भयौँ । नेपाली कांग्रेसको महामन्त्री हुँदादेखि मैले चिनेको डाक्टर रामवरण यादव अब इतिहासमै सम्मानित सफल राष्ट्रपति बन्नुभएको छ । संविधान जारी गर्दाको श्रेय उहाँले पाउनुभएको छ । त्यसबीच उहाँले निभाएका जिम्मेवारीलाई क्यामेराको लेन्समा कैद गर्न पाउनु मेरा लागि जीवनकै सबैभन्दा सुखद क्षण हो ।

लेखक निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका निजी फोटोग्राफर थिए ।
प्रस्तुत छ उनले सात वर्षमा कैद गरेका केही महत्वपूर्ण तस्बिर
News/Images from: ratopati.com