प्रीति भइन् मिस गण्डकी–२
मंसिर ७, २०७२-
लक्ष्मीपति साडी मिस गण्डकी सिजन–२ को उपाधि पोखरा खाल्टेमसिनाकी २२ वर्षीया प्रीति गुरुङले जितेकी छिन् । २२ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रीतिले चाँदीको मुकुटसँगै १ लाख ८० हजार बराबरको फिन्सिङ स्कुटर पुरस्कारस्वरूप प्राप्त गरिन् । उपाधिसँगै प्रीतिले ‘बेस्ट फिगर’ को उपाधि पनि पाइन् । नर्सिङ पेसामा आबद्ध प्रीतिले यो सफलताप्रति खुसी लागेको प्रतिक्रिया दिँदै आगामी दिनमा आफू सामाजिक क्रियाकलापमा सक्रिय हुने प्रतिबद्धता जनाइन् ।
प्रतियोगितामा सिना क्षेत्रीले फस्ट रनर्सअपको उपाधि जित्दै एउटा आईप्याड पुरस्कारस्वरूप प्राप्त गरिन् । प्रतियोगितामा रेश्मा भट्टराईले सेकेन्ड रनर्सअपमा चित्त बुझाइन् । यसबाहेक रेश्माले मस्ट पपुलरको टाइटल एवार्ड पनि जितिन् । इशाका थापाले थर्ड रनर्सअपका साथै मस्ट ट्यालेन्टको टाइटल एवार्ड पनि जितिन् । सेकेन्ड रनर्सअप भट्टराई तथा थर्ड रनर्सअप थापाले क्रमश: मोबाइल सेट तथा कार्पेट पुरस्कार पाएका थिए ।
रियल इभेन्ट म्यानेजमेन्टको आयोजना तथा एसटी क्रिएसनको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विभिन्न २५ वटा शिर्षकमा उपाधि प्रदान गरिएको थियो ।
From Saptahik