Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एकै जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता

काठमाडौं—मधेसमा नागरिकताको मुद्दामाथि बहस चर्किरहेका बेला उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता भएको दाबी भारतीय सञ्चार माध्यमले गरेका छन्। उत्तर प्रदेशको सो जिल्लाको ८० किलोमिटर क्षेत्र नेपाली सीमासँग जोडिएको छ।
भैरहवा पारिपट्टिको भारतीय सहर सुनौलीमा मात्रै एक हजार जना भारतीयसँग नेपाली नागरिकता भएको नव भारत टाइम्सले उल्लेख गरेको छ। 'डिसेम्बरमा हुने स्थानीय चुनाबमा सीमावर्ती जिल्लामा दोहोरो नाकगरिताधारी भोटर निर्वाचन आयोगका लागि टाउको दुःखाइ बनिरहेका छन्', पत्रिकाले उल्लेख गरेको छ।
भारतीय सहरहरु सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती तथा लखिमपुरमा दोहोरो नागरिता लिएका हाजारौं व्यक्ति भेटिएको सो पत्रिकाले उल्लेख गरेको छ।

नेपालमा पैसा, पद र राजनीतिक शक्तिकाे दुरूपयोग गरी भारतीयहरूले नेपाली नागरिकता लिने गरेकाे अाराेप लागिरहेका बेला पत्रिकाले दोहोरो नागरिकताधारीहरु 'नेपालको मात्रै समस्या नभएको' विश्लेषण गरेको छ।
News from
Read the original News in Indian Media
Ą
https://www.flickr.com/photos/spklg/15211044551/