Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दाउराको लाइनमा ८५ वर्षीय वृद्ध

  • नागरिकताको फोटोकपी नल्याएको भन्दै दिइएन
कान्तिपुर संवाददाता, काठमाडौं

 कार्तिक २९, २०७२- शब्द/तस्बिर : निमेषजंग राई
आज आइतबार बिहानैदेखि सरकारले राजधानीका दुई ठाउँबाट सर्वसाधारणलाई दउरा वितरण सुरु गर्‍यो । किलोको १५ रुपैयाँका दरले गौशाला र बालकुमारीस्थित टिम्बर कर्पोरेसनका गोदामबाट दाउरा बेचिने भएपछि बिहानैदेखि सर्वसाधारणको भीड लागेको थियो ।

गौशालामा दाउरा लिने लाइनमा भेटिए कपनबाट आएका ८५ वर्षिय वृद्ध मीनबहादुर गुरुङ । कपनमा उनी आफ्ना नातिनातिनासँग बस्छन् । छोरा बुहारी गाउँमै भएकाले नातिनातिनाको हेरविचार गर्ने जिम्मेवारी यिनै हजुरबाले उठाएका छन् । नाकाबन्दीका कारण ग्यास पाइएन, भएको सकियो । नातिनातिना बिहानैदेखि पढ्न जान्छन् ।


सरकारले दाउरा बाँड्ने भनेको सुनेपछि बिहानै उनी आइपुगेका थिए । लाइन बसेर जब उनी टोकन लिने पालोमा पुगे अनि पो थाहा भयो, दाउरा लिन पनि नागरिकता चाहिने रहेछ । उनी नागरिकताको फोटोकपी लिएर आएका थिएनन् । यसैले कर्मचारीले उनलाई दाउरा दिन नसक्ने बताए । लौरो टेकेर आइपुगेका वृद्धले जम्मा १० किलो भए हुने बताए । तर, कर्मचारीले नियम अनुसार दिन नमिल्ने बताए ।

दाउरा नपाएर झोक्राइरहेका उनलाई त्यही लाइनमा भएका एक महिलाले आफूले लिएकोबाट १० किलो दिइन् । आफूलाई दाउरा दिने महिलालाई आशिष दिएर उनी बाटो लागे ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/