Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चन्द्रनिगाहपुरमा चुरे भावरको प्रदर्शन

मंसिर १०, २०७२- भावरप्रदेशमा पर्ने पुर्वपश्चिम राजमार्गमा कुनैपनि मोर्चालाई बन्द गर्न नदिने उद्धघोष गर्दै चुरेभावर राष्ट्रिय पार्टीले बिहिबार चन्द्रनिगाहपुरमा जुलुस प्रदर्शन गरेको छ । उसले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको पालामा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन प्रदर्शनको आयोजना गरेको हो ।

हिमाल, तराई, पहाड हामी सबै भाईभाई, जातियसद्भाव कायम राखौ, भारतीय नाकाबन्दी फिर्ता गर, चुरेभावर संग गरेको सम्झौता कार्यान्वयन गर जस्ता नारा लगाउदै चन्द्रनिगाहपुर चोकबाट सुरु भएको जुलुस पुरानोबजारबाट फर्केर लोकतान्त्रीक चोकमा कोणसभामा परिणत भएको थियो । मधेश आन्दोलनको सयदिन पुग्नै लाग्दा भावरले पुन सर्लाहीबाट पार्टी सित सरकारले गरेको सम्झौताको मुद्धा अघि सादै आन्दोलनको सुरुवात गरेको हो । चुरेभावरका राष्ट्रिय अध्यक्ष बदि्रप्रसाद न्यौपानेले चुरेभावर प्रदेशमा पर्ने पुर्वपश्चिम राजमार्गमा कुनै पनि मोर्चाको बन्द स्विकार्य नहुने भन्दै बन्दगर्न आए कडा प्रतिकार गर्ने बताए ।  
भावर प्रदेशमा कुनै मोर्चाका बन्द हुँदैन न्यौपानेले काणसभालाई सम्बोधन गर्दै भने, 'हामि मधेशी बिरोधी होईनौ तर उहाँहरुले गर्नु भएको आन्दोलनको स्वरुप नितान्त गलत छ ।' भारतीय भुमिमा बसेर नेपालमा ढुगाँमुढा गर्ने मोर्चाको आन्दोलनको शैलीको उनले कडारुपमा प्रतिबाद गरे । सभामा उनले भावरप्रदेशको राजमार्गमा बन्द गर्न आउने बिरुद्ध कडा रुपमा प्रतिबाद गर्ने भन्दै सबैलाई तयारीहालतमा बस्न आग्रह गरे ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/