Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मंसिर महिनाभरि संघीय गठबन्धनले जनप्रदर्शन गर्ने

मंसिर ६, २०७२- तराई मधेसमा आन्दोलनरत र जनजाति केन्द्रित ९ पार्टीको संघीय गठबन्धनले मंसिर महिनाभरि देशका विभिन्न स्थानमा जनप्रदर्शन र सभा गर्ने घोषणा गरेको छ ।

आन्दोलनरत संयुक्त मधेसी मोर्चाका ४ दल, थरुहट तथा ४ जनजाति केन्द्रित पार्टीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । ‘तराई मधेस/थरुहटमा पहिचान र अधिकारका लागि भएको आन्दोलन सय दिन पुगेको सन्दर्भमा सहिदहरुको सम्मानमा मंसिर ७ गते मौन धारण र श्रद्धाञ्जली सभा’ आयोजना गर्ने पनि गठबन्धनले निर्णय गरेको छ ।

यस्तै, मंसिर ११ देखि २७ सम्म काठमाडौं लगायत सुनसरी, मोरङ, धनुषा, सर्लाही, बारा, मकवानपुर, नवलपरासी, रुपन्देही, दाङ र कैलालीमा जनप्रदर्शन र सभा गर्ने पनि गठबन्धनले घोषणा गरेको छ ।

As published on Kantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/