Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

असुरक्षाको कारण सवारी रोकिएपछि हजारौं यात्रुको बिजोग

  • चन्द्रनिगाहपुरमा रोकिए डेढ सय गाडी
शिव पुरी, रौतहट

मंसिर ६, २०७२- सप्तरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएलगत्तै पूर्व–पश्चिम राजमार्गमा सुरक्षाकर्मीले सबै सवरीलाई आईतबार बिहानदेखि रोकेर राखेको छ । अगाडी जान अत्यन्तै असुरक्षित भन्दै प्रहरीले रौतहटको चन्द्रनिगाहपुरमा डेढ सय बढी सवरीलाई रोकेपछि यात्रुहरु बिचल्लीमा परेका छन् । अहिले दिवा तथा रात्रीबस, मालबाहक ट्रक तथा साना सबारी रोकिएको छ ।

रातको समयमा सवारी स्कर्टिङ रोक्न गाउँबाट राजमार्गमा भेला भएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच सप्तरीको भारदह र रुपनीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागी दुई आन्दोलनकारीको मृत्यु भएलगत्तै मोर्चाका कार्यकर्ताले ठाउँ–ठाउँमा अवरोध गरेपछि चन्द्रनिगाहपुरमा सबारीको लाम लागेको छ । सबारी रोकीदा हजारौं यात्रुको बिचल्ली भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान, धनुषाको ढल्केवर र महोत्तरीको बर्दिबासलगायत दर्जनौं ठाउँमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सडक अबरोध गरेको र रातिको घटनापछि सुरक्षाकर्मीले असुरक्षित महशुस गर्दै सबारी रोकेको जनाएको छ ।
बिहानदेखि सबारी चल्ने आशमा बसेकी धरानकी सुभद्रा राई भोकले निकै तनाबमा रहेको बताईन । ‘खान बस्यो कतिखेर गाडी खुल्छ अनि छुट्ने हो कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘यस्तो त्रासले कसरी घर पुग्ने ?’ पूर्वक्षेत्रको राजमार्गको अवस्था अनकुल नभएकाले माथिको आदेशमा सबारीलाई सुरक्षित राख्न रोक्नु परेको ईलाका प्रहरीका डिएसपी मनोजकुमार यादवले जनाए । उनले भने, ‘माथिबाट अर्को आदेश नआउन्जेल सबारीलाई यहीं रोकेर राख्छौं ।’ सुरक्षाकर्मीले यी सबै सबारीलाई मध्यरातमा स्कर्टिङ गरेर लैजान्छ ।
सहरबजार पनि बन्द भएकाले पसण्मा समान पाउन छाडेपछि यात्रुहरु थप मारमा परेका हुन् । यात्रुहरुले चर्को मुल्य तिरेर चाउचाउ बिस्कुट किनेर खानुपरेको गुनासो पोखेका छन् ।
सप्तरीको घटनालाई लिएर आक्रोशित मधेसी मोर्चाका नेता कार्यकर्ताहरु रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । मोर्चाले गौर बजार बन्द गराएको छ ।
Published in Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/