Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भेडेटारको चार्ल्स प्वाइन्ट खुला

मंसिर ९, २०७२- गत बैशाखमा गएको भुकम्पपछि बन्द रहेको पुर्वको पर्यटकीयस्थल धनकुटास्थित भेडेटारमा रहेको शैलुङडाँडामा पर्यटक आवतजावतमा आजदेखि खुला गरिएको छ ।
वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित उक्त स्थानबाट हिमाल, पहाड र मधेशका मनोरम दृश्यवलोकन गर्न सकिन्छ । भेडेटार पुग्ने पर्यटकले सो स्थान जान पाउनु पर्ने आग्रह गरेपछि खुल्ला गरिएको गाविस सचिव नारायण खनालले जानकारी दिए ।

भेडेटारमा हाल दैनिक एक सय बढि पर्यटक पुग्ने गर्दछन् । यद्यपी भारतको अघोषित नाकाबन्दी र मधेश आन्दोलनका कारण आन्तरिक तथा वाहृय पर्यटक आगमन न्युन रहेको पर्यटन व्यवशायी जितेन्द्र रुम्दालीले जानकारी दिए । उक्त स्थानमा रहेको भ्यु टावर भने आवश्यक मर्मतपछि मात्र सञ्चालन गरिने जनाइएको छ । भ्यु टावरमा भुकम्पबाट क्षतिपुगेका कारण जोखिमपूर्ण अवस्थामा रहेकोले सञ्चालनमा रोक लगाइएको छ ।
As published in ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/