Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतीय नाकावन्दीको विरोधमा र्‍याली

मंसिर ९, २०७२- भारतीय नाकावन्दीको विरोध गर्दै बुधबार इटहरीमा हजारौंले प्रर्दशन गरेका छन् । हातमा राष्ट्रिय झण्डा र विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर नारा लगाउदै इटहरी नगरपरिक्रमा गरेका थिए । विभिन्न संघसंस्था तथा सरकारी र निजी बिद्यालयका हजारौं बिद्यार्थीहरु प्रर्दशनमा संलग्न थिए ।
भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी फिर्ता गर, स्वतन्त्र नेपाल जिन्दावाद लगायतको नाराबाजी गर्दै बिभिन्न प्लेकार्ड सहित जुलुसले नगरपरिक्रमा गरेको थियो ।

बिद्यार्थीहरुले भारतले गरेको अघोषीत नाकाबन्दी संगसंगै मधेसमा मधेसीमोर्चाको आन्दोलन बिरुद्धपनि नाराबाजी गरेको थिए । कोणसभामा अधिकांश वक्ताहरुले भारतले गरेको नाकाबन्दीको बिरोध गरेका थिए भने मधेसी मोर्चाले आन्दोलनको नाममा जिल्ला टुक्रयाउने खेल बन्द गर्न आग्रह गरेका थिए । आयोजीत कोणसभामा प्राध्यापक संघ सुनसरीका अध्यक्ष केवल फुयाल, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, श्रोत केन्द्रका प्रतिनिधी कमल तिम्सिना, कवि मनुमञ्जिल लगायतले बोलेका थिए ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/