Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एमाले सांसदद्वारा भारतीय राजदूतलाई देश निकाला गर्न माग

मंसिर ९, २०७२- एमाले सांसद यज्ञराज सुनुवारले भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर्न माग गरेका छन् ।
भारतीय राजदूत मधेस आन्दोलनको प्रवक्ता भएको भन्दै सुनुवारले तत्काल स्वदेश फर्काउने माग गरे । ‘भारतीय राजदूतले राजनीतिक पार्टी चलाएजस्तो गुटबन्दी गर्दै हिंडेका छन्,’ उनले बुधबार राज्य व्यवस्था समितिको बैठकमा भने, ‘उनलाई अबिलम्ब देशनिकाला गर्नुपर्छ ।’
बैठकमा एमालेकै युवराज ज्ञवाली र गौरी ओलीले पनि कुटनीटिक मर्यादाविपरीत अभिव्यक्ति दिने भारतीय राजदूतलाई फिर्ता पठाउन माग गरे ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/