Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दुई तिहाइ नभएको सरकारसँग वार्ता गरिन्न : शरतसिंह भण्डारी

कार्तिक २३, २०७२- राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले दुई तिहाइ बहुमत नभएको र दुई तिहाई जुटाउन नसक्ने सरकारसित वार्ता हुन नसक्ने बताएका छन् । मधेश आन्दोलनप्रति सरकार नकारात्मक बनेको आरोप लगाउँदै भण्डारीले यस्तो सरकारसित सम्झौता भए पनि कार्यान्वयन हुन नसक्ने भन्दै त्यसको औचित्य नहुने बताएका हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘लालपुर्जा तपाईंसित अनि तमसुक अर्कासित खोजेर हुन्छ ?’ संघीयता सीमाकंन र संविधानको विरोधमा भएको आन्दोलनको समर्थनमा गौर आएका भण्डारीले पुर्वपश्चिम राजमार्गमै बसेर पत्रकारहरुसँग कुरा गरेका थिए । भण्डारीको पार्टी पनि आन्दोलनमा छ ।  
‘ठूला नेता भनाउँदाहरुले गलत अभिव्यक्ति दिएर सिङ्गो देशको अपमान गरेका छन् । यसले नराम्रो दुर्घटना निम्त्याउँछ,’ भण्डारीले भने । उनले आन्दोलन लम्बियोस् र मधेशी जनताले कुनै किसिमको बिद्रोह गरुन् अनि दमनमा उत्रिने तयारीमा सरकार रहेको उनले आरोप लगाए ।

As published on Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/