Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

‘सालेलाई त्यसका बाउले दिन्छ तेल’

अर्जुन तामाङ, काठमाडौं
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का अहिले आफ्नो सन्की पाराका कारण आलोचित भइरहेका छन्। सोमबार दिउँसो १ः५० बजेदेखि २० मिनेटसम्म उहाँले कार्यालयमा गरेको कुराकानीको अंश सुन्दा पनि उनको सन्की पारा पुष्टि हुन्छ। कार्यकक्षमा उहाँको भनाइ यस्तो सुनियोः

‘त्यसलाई ६⁄६ हजार पेट्रोल र डिजेल दिनू (यही बेला एक जना सभासद्को आदेशअनुसार चिठी लिएर कोही गए र माननीयज्यूले पठाउनुभएको चिठी, तेल दिनुपर्यो भने) अहिले तेल छैन। कसरी दिनू ? माननीयज्यूलाई नै भन्नुस् तेल यहाँ छैन। नेताहरूले केही गर्न सक्दैनन् (खड्काको स्वर चर्को थियो)।
त्यसपछि केहीछिन सुनसान भयो। खड्काको कडा टिप्पणी थियो– ‘अब ग्यासको विकल्पै छैन। सरकारले पनि केही गर्न सकेन।’ उनी आयल निगम आफैंले ठेक्कामा पाएझैं गरिरहेका थिए। यहीबीचमा ‘हामीले नै तेल दिनुपर्ने अनि हामीलाई गाली गर्ने ?’ खड्का भन्दै थिए– ‘साले यसलाई त्यसका बाउले दिन्छ तेल।’ सबैको हाँसोको फोहरा छुट्यो।
यसपछि मनोज ढकाल नामका व्यक्तिको तेलको पत्रमा तोक लाउन निर्देशन दिए। यसैबीचमा अर्को फोन बज्यो र भने– ‘तेल दिने कुरा भयो। कोसिस गरौंला।’ यसपछि खड्का बोल्दै गए– ‘प्रचण्ड र माधवकुमार प्रधानमन्त्री हँुदा मैले भनेको थिएँ, निर्णय गरौं। इन्धन र ग्यास ल्याउने विषयमा फराकिलो नीति बनाऔं।’ उनले कर्मचारीलाई निर्देशन दिँदै भने– ‘कान्तिपुर पब्लिकेसनलाई अघि दिने भनेको तेल नदिनू भन्नू। मैले तोक लाउनुपर्ने भएर मात्र लाएको हुँ।’ फेरि हाँसाको फोहरा छुट्यो।
यसपछि केबी लम्सालको नाम उच्चारण गर्दै केही भन्दै थिए। यी गतिविधि २० मिनेट २४ सेकेन्डभित्र भएका थिए। नेपाल समाचारपत्रले (एनओसी) का कार्यकारी निर्देशक खड्काको एनसेल नम्बर ९८१३७२७६४४ मा १ बजेर ५० मिनेटमा फोन गरेको थियो। नउठेपछि निगमका अर्का निर्देशक मुकुन्द घिमिरे र प्रवक्ता दीपक बराललाई गरियो, उठेन।
पुनः कार्यकारी निर्देशक खड्कालाई नै फोन गर्दा फोन उठ्यो तर कुराकानी हुन सकेन। उनले फोन उठाएर राखे वा फोन काट्न खोज्दा फोन उठ्यो। खड्काले थाहा पाएनन्। यही बीचमा उनको यो चर्तिकलापूर्ण संवाद सुन्ने अवसर प्राप्त भएको थियो।
यसअघि निर्देशक खड्काले विराट पेट्रोलियम प्रालिलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपियाँ अग्रिम भुक्तानी दिने निगमको विवादास्पद निर्णय गरेका थिए। तर चारैतिरबाट विरोध भएपछि विराटले सम्झौता फिर्ता गरेको छ।
संसद्को सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिले विराट पेट्रोलियमसँग भएको सम्झौता गैरकानुनी हो भन्दै छानविन गरेको थियो। उनले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिको गत बिहीबारको बैठकमा ‘कानुनसानुन जान्दिनँ विराटबाटै तेल ल्याइन्छ’ भन्ने विवादास्पद अभिव्यक्तिसमेत दिएका थिए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/