Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मन्त्रिपरिषद विस्तार, अहिलेसम्मकै धेरै उपप्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले हालसम्मकै सबैभन्दा बढी उपप्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्। बिहीबार आफ्नो दल एमाले, नेकपा माले र राष्ट्रिय जनमोर्चालाई सरकारमा सहाभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
Image source: Kantipur

सरकार विस्तारसँगै उपप्रधानमन्त्रीको संख्या ६ पुगेको छ। यसअघि उपप्रधानमन्त्रीको संख्या ६ कहिल्यै पुगेको थिएन। बिहीबार एमालेकातर्फबाट उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा भीम रावलले पाएका छन्। यसैगरी अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् भने संचारमन्त्रालयमा शेरधन राई, पर्यटन मन्त्रालयमा आनन्द पाेखरेल श्रम मन्त्रालयमा शान्ता मानवी नियुक्त भएका छन्।

यसैगरी नेकपा मालेकातर्फबाट महासचिव सिपी मैनालीले उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीमा पाएका छन्। यसअघि कहिले पनि सरकारमा सहभागी नभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधान तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। बिहीबार उपप्रधानमन्त्रीमा तीन जनाले सपथ लिएसँगै वर्तमान सरकारमा उपप्रधानमन्त्रीको संख्या ६ पुगेको छ। यसअघि एमाओवादीकातर्फबाट टोपबहादुर रायमाझी,राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीको सपथ लिइसकेका छन्।

यसअघि विना बिभागीय मन्त्रीहरु सत्यनारायण मण्डललाई युवा तथा खेलकुल मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने रामकुमार सुब्बालाई भूमिसुधार तथा रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। विशवेन्द्र पासवानले विज्ञान तथा प्रविधि तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
News Source: Nagariknews.com

Ą
https://www.flickr.com/photos/spklg/15211044551/