Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बालिउड र अन्डरवल्र्डको कनेक्सन : हाजी मस्तानदेखी दाउद इब्राहिमसम्म

न्डोनेशियाको बालीमा गिरफ्तार भएसँगै भारतमा हलचल मच्चिएको छ । भारतको ठूलो उद्योगका रुपमा चिनिने फिल्मी उद्योग बलिउड पनि यसबाट अछुतो छैन् । उनको गिरफ्तारीसँगै बलिउडमा अन्डरवल्र्ड डनहरुको लगानीलाई लिएर चर्चा सुरु भएको छ ।

१. अन्डरवल्र्डमा पुरै निर्भर थियो बलिउड

९० को दशकमा बलिउडमा डनहरुको हस्तक्षेप सामान्य थियो । त्यतिबेलासम्म भारतमा फिल्म उद्योगले उद्योगको मान्यता पाइसकेको थिएन । आजजस्तो बैँकबाट फिल्म बनाउनका लागि ऋण पाइदैँन थियो । त्यसैले फिल्मक्षेत्र धनाढ्य व्यवसायी, ठूला निमार्ता र अन्डरवल्र्ड डनमा निर्भर रहन्थ्यो । त्यतिबेला चलचित्रमा कुनै खलनायक वा डनको कहानी मिसानुपर्यो भने अल्डरवल्र्डका डनहरुसँग सल्लाह हुन्थ्यो । ग्यांगस्टारको भूमिका खेल्ने कलाकारहरु समेत डनहरुको सम्पर्कमा रहनु सामान्य कुरा थियो । वरिष्ठ फिल्म पत्रकार अजय ब्रह्मात्मजले एक अन्तरवार्ताका दौरान बलिउडमाथि डनहरुले गर्ने यस्तो हस्तक्षेपको खुलासा गरेका थिए ।

२. यस्तो थियो बलिउडमा अन्डरवल्र्डको प्रभाव :

गुलशनकुमारको ज्यान गयो
भारतमा म्युजिक किंग भनेर चिनिने गुलशन कुमारलाई अन्डरवल्र्ड डन अबु सलेम र दुबईबाट दाउद इब्राहिमका सहयोगीहरुले ज्यान मार्ने धम्की दिएका थिए । गुुलशनसँग १० करोड भारु मागिएको थियो । तर उनले पैसा दिन इन्कार गरे । त्यसको १० दिनपछि मुम्बईमा उनको हत्या भयो ।
ह्याप्पी न्यू ईयर रिलिज हुनअघि शाहरुखलाई धम्की
२०१४ मा ह्याप्पी न्यु इयर रिलिज हुनअघि शाहरुख खानलाई डन रवि पुजारीे धम्की दिएका थिए । यसपछि शाहरुखले आफ्नो सुरक्षा मात्रै कडाई गरेनन्, बुलेटप्रूफ कार समेत किने । भनिन्छ, यति नै बेला शाहरुखका विजनेस पार्टनर अली मोरानीमाथि जुहूमा गोली चलाइएको थियो । बाइकमा आएका नकावधारीले उनीमाथि गोली चलाएको हल्ला थियो । चलचित्र रिलिज भएको केही दिनपछि यस चलचित्रका दुई कलाकार बोमन ईरानी र सोनू सूदलाई पनि टेलिफोनमा धम्की आएको थियो ।
अक्षयकुमारलाई पनि धम्की
शाहरुखलाई धम्की आउनुभन्दा एक वर्षअघि अक्षय कुमारलाई पनि नचिनेको नम्बरबाट फोनमा धम्की आएको थियो । आफू रवि पुजारी रहेको बताउँदै ति व्यक्तिले धम्की दिएका थिए । अक्षयले केही समयअघि आफ्ना कामदारलाई हटाएका थिए । फोन ति व्यक्तिले कामदारलाई किन हटाएको भन्दै अक्षयलाई नराम्रो गाली दिए ।
333860-haji-mastanराकेश रोशनमाथि गोली प्रहार
निर्देशक तथा कलाकार राकेश रोशनमाथि सन् २००० मा अली बाबा बुदेश नाम गरेका एक व्यक्तिले गोली चलाएका थिए । राकेशको सुपरहिट चलचित्र कहो ना प्यार हैँको सफलतापछि ती व्यक्तिले उनीसँग पैसा मागेका थिए । तर राकेशले पैसा नदिएपछि उनीमाथि गोली प्रहार भयो ।
सोनू निगमलाई कम्पनीको नाम परिवर्तन गर्न दबाब
सन् २०१३ मा अक्षयकुमारलाई भन्दा अघि गायक सोनू निगमलाई धम्की आएको थियो । अन्डरवल्र्डका डन छोटा शकीलले यस्तो कल गरेका थिए । फोनमार्फत सन् २०१४ का लागि तय भएको सोनू निगमकोे वल्र्ड टूरका लागि बनाइएको इभेन्ट मेनेजमेन्ट कम्पनीको नाम परिवर्तन गर्न दबाब दिइएको थियो ।
बोनी कपूरलाई ज्यान मार्ने धम्की
निर्माता बोनी कपूरलाई पनि सन् २०१३ मा नचिनेको व्यक्तिले ज्यान मार्ने धम्की दिए । उनले आफू रवि पुजारीसँग जोडिएको बताएका थिए । फोनमार्फत ति व्यक्तिले आफ्ना सहयोगिहरुलाई पक्राउ गर्न बोनी कपूरले भूमिका खेलेको आरोप लगाएका थिए ।
धम्कीपछि करण जौहरको सुरक्षा बढाइयो
निर्माता तथा निर्देशक करण जौहरलाई पनि यस्तै धम्कीले भरिएको फोन आएको थियो । उनले त्यसपछि आफ्नो सुरक्षा बढाए ।
फिल्मको संवाद हटाउन रामगोपाल बर्मालाई दबाब
जुलाई २०१३ मा फिल्ममेकर राम गोपाल बर्मालाई पनि धम्की आएको थियो । उनलाई चलचित्र सत्या २ को केही सम्वाद हटाउन दबाब भएको थियो ।
News from: ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/