Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

देशका शक्तिशाली ९ पदमा कुन प्रदेशबाट कति जना ?

काठमाडौं – व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा रहेका देशका प्रमुख ९ पदमा प्रदेश नम्वर १ र ५ को पकड देखिएको छ । प्रदेश नम्वर ६ र ७ ले एक पद पनि पाएका छैनन् । प्रदेश नम्वर ३ र ४ ले एक एक पद पाएका छन् । नयाँ संविधानसँगै देश ७ प्रदेशसहितको संघीय संरचनामा गएको छ ।
राष्ट्रपति विद्या भण्डारी–भोजपुर, प्रधानमन्त्री केपी शर्मा ओली–झापा र उपप्रधान मन्त्री एव्म भौतिक योजना मन्त्री बिजयकुमार गच्छदार प्रदेश नम्वर १ बाट आएका छन् । यद्यपी उनीहरुको घर राजधानी काठमाडौंमा पनि छ ।
एक नम्वर प्रदेशपछि धेरै पद पाउने अर्को प्रदेश ५ हो । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ–रोल्पा, सभामुख ओनसरी घत्र्ती–रोल्पा र उपप्रधानमन्त्री एव्म उर्जा मन्त्री टोपबहादुर रायमाझी–अर्धाखाँचीले प्रदेश नम्वर ५ बाट प्रतिनीधित्व गर्छन ।
त्यसबोह उपसभामुख गंगाप्रसाद यादव–सप्तरी प्रदेश नम्वर २ बाट प्रतिनीधित्व गर्छन । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा–मकवानपुरले प्रदेश नम्वर ३ बाट प्रतिनीधित्व गरेका छन् । थापाको पनि राजधानी काठमाडौंमा घर छ ।
प्रधानन्याशीस कल्याण श्रेष्ठ–बाग्लुङ प्रदेश नम्वर ४ बाट प्रतिनीधित्व गर्छन् ।
As published in : Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/