Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कोरियामा ४ जना नेपाली पक्राउ

  • ४ भियतनामी र ५ चिनियाँ पनि पक्राउ
    भाद्र २२, २०७२- दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट अवैधानिक रुपमा बसाेबास गरेका नेपाली सहित  १३ विदेशी कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो ३.३० बजे कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेका गरेको हो ।
    पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् । त्यस्तै ४ जना भियतनामी र ५ जना  चिनियाँ कामदार रहेका छन । नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए । ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए  ।
    कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो । यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला  र ४  पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए ।
    कोरियामा अन्य देशको तुलनामा नेपाली अबैधानिक कामदार न्यून रहेको छ । पछिल्लो चरणमा भने भिसा अवधि सकेर अबैधानिक बस्ने नेपाली कामदारको संख्या बढ्दो छ । हालसम्म कतिको संख्या अवैधानिक बसेका छन् भने तथ्यांक नभए पनि करिब २ हजार नेपाली अवैधानिक रहेको अनुमान गरिएको छ ।
  • News from: Kantipur Daily
Ą
https://www.flickr.com/photos/spklg/15211044551/